तिमी नाँच्न साँच्चिकै नै पायल चाहिन्छ
नयनलाई सजाउन गाजल चाहिन्छ
गाजलको अर्थ खुल्छ सुन्दर नयनमा
तिम्रो नयन भित्र एउटा गजल चाहिन्छ
गजल भै तिम्रो छाँया जब आउँछ
छाँयालाई लुकाउन बादल चाहिन्छ
बादलको मौसमी त्यो मात लाग्दा झनै
बेहोसीमा न्यानो तिम्रो आंचल चाहिन्छ
आँचलमा कसी राख यो मायाको पोको
पोकोलाई फुकाउन घायल चाहिन्छ
बिराटनगर ४