मैले आकाश खसाउनुछ र त गजल लेख्छु ।
यो बतास बसाउनुछ र त गजल लेख्छु ।
घाम जुन रातदिन गर्दै किन लुकामारी खैल्छन् ?
दुवैलाई फसाउनुछ र त गजल लेख्छु ।
देख्छु आजकाल मानवियता टुक्रदै गएको छ,
संवेदना पसाउनुछ र त गजल लेख्छु ।
अरु हैन आफैबाट सकिदैछ मान्छे यहाँ,
विकृती भसाउनुछ र त गजल लेख्छु ।
आ आफ्नै चोटब्यथा दुःखी रा’छ हरेक मान्छे,
सबैलाई हसाउनुछ र त गजल लेख्छु ।
टकुवा ७ मोरंग, हाल: इटहरी, सुनसरी