18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दीप दर्शन शाही June 19, 2011, 8:26 pm

ऋणी छू म जन्मिएको माटोको ऋण लाग्यो

यी पैतला टेके पछि बाटोको ऋण लाग्यो

ममताले ख्वाई दिने भोकमा मेरी आमा

दश धारा दूध अनि आटोको ऋण लाग्यो

सुख दुख जिन्दगानी झुप्रो मै बित्यो मेरो

ओत लग्ने खर अनि भाटोको ऋण लाग्यो

सकिएन रक्ष गर्न उसकै सन्तान भै

दिनदिनै लुटिएको पाटोको ऋण लाग्यो

जाजरकोट, हाल: पेनाङ, मलेसिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।