उन्मत्त जवानी रोपेर जवानी संगै न हिंड्नु बेकार छ
फक्रदो जवानीको भेलमा जवानी नै न चिन्नु बेकार छ
खै! किन हो कुन्नि ? तिमी त संधै नशाग्रस्त देखिन्छौ रे
जवानीको आगो सल्केको बेला ताप्न न सिक्नु बेकार छ
नशा लागेको बेला नजरले कैद गर्न खप्पिस छौ तिमी
उम्लेको बेला तातेको जस्तो चाहना न झिक्नु बेकार छ
खहरेको भेल हो सम्झ फेरि कहिले ? बग्ला निरन्तर
अंगुर टिप्न नसक्दा आफै मन्चमा न टिक्नु बेकार छ
समय पर्खन्न फेरि न त कोहि पर्खी बस्ला त्यो संधै
वैलिएर बिना अर्थको बजारमा बिक्नु बेकार छ
बिराटनगर - ४