17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवन छायाँ

कविता डा. मधु माधुर्य June 16, 2011, 3:06 pm

मेरा यात्रीहरु, लौ हेर मेरो मन चित्र

भित्र बाहिर सबै देख्यौ ? भयो विचित्र

शून्यताको गुँडभित्र पूर्णताको वास छ

सास छउञ्जेल जीवनको अनमोल आस छ

साथमा मेरो छाया छ, म एक्लो छैन... ।

सुखमा साथ दिनेहरु छन्

दुःखमा दुःख दिनेहरु छन्

विरहमा आँसु साथी छ

हर्षमा हाँसो साथी छ

सर्वत्र छन् सहयोगीहरु

म एक्लो छैन ... ।

सपनीसंगै सुत्छु म

कल्पनासंगै नाच्छु म

आत्मविश्वासको छहरा छ

आप्mनै पसीनाको सहारा छ

भावनाको प्रवाह छ, म एक्लो छैन ... ।

नखोजे पनि सर्वत्र व्यवधानहरु छन्

नहिंडे पनि पाइला पाइलामा पासाहरु छन्

छन् अन्तेष्टि कुरेर राल चुहाउनेहरु

प्mयाकेर राता आँखा मतिर त्यसै जल्नेहरु

अभैm के के छन्, म एक्लो छैन ... ।

जीवनले छाडे मृत्यु त छँदैछ

जीतले छाडे हार त छँदैछ

त्यही मृत्यु र हारको गोरुले बैतर्नि तार्न नसके

देशको वर्तमान नरक त मसंग छँदैछ

आरोह अवरोहको मैदान छ, म एक्लो छैन ... ।

बिसै पनि तिमीले, सम्झना त छँदैछ

अविश्वास, धोका र घातहरुको

नबिर्से पनि पीडा त छँदैछ

आँसुमा डुबाइएका भविष्यहरुको

तीता मीठा अनुभूतिहरु ज्युँदै छन, म एक्लो छैन ... ।

मलाई पछ्याउने विपरीत चित्तका 'शुभकामनाहरु' छन्

म विरुद्धका अदृश्य 'दिवा स्वप्नहरु' छन्

विपना मेरो झस्काइदिने

गोलीभन्दा मीठा बोलीहरु छन्

चिप्ला ओरालीहरु छन्, म एक्लो छैन ... ।

गाँस, बास, कपासको अभावमा जनताको नाश छ

भीडको एकान्तमा मेरो वास छ

भोलि मर्दा त्यसै छाडे पनि तिमीले

छाड्ने छैन मलाई आप्mनै छायाले

बस्, त्यही एउटा आस छ, म एक्लो छैन ... ।

कालो ग्रहणले घाम खोज्दै हिंडेभैंm

दिनको हत्यारा रातले मेरो छायाँ खोजिरहेछ

भोका व्बाँसाहरुको हुलले मलाई नै खोजिरहेछ

यो अन्तिम घडीमा नतमस्तक 'साथी' चुपचाप हेरिरहेछ

'साथी' अभैंm पनि साथैमा छ, म एक्लो छैन ... ।

प्रेमको भीख माग्नेहूले मुटु रित्याइसके

'देशको माया' देखाउनेहरुले देश रित्याइसके

अब के छ र बाँकी यहाँ ?

रित्तो बस्तीमा रित्तो घात छ

म छु र मेरो छायाँ छ

पुंmग उडेको आकाशमुनि उजाडिएको धर्ती छ, म एक्लो छैन ... ।

खरिदबिक्रीको मेलाहरुमा आफन्तहरुकै भेला छ

आपूmलाई बेचेर गन्नेहरुको हातभरि ठेला छ

दुष्टहरुको दिमागमा म पनि सुपथ मूल्यमा टाँगिएको छु

बेचिनेहरुमा मान्छेको इमान छ, धर्म र मानवता छ

समातेर बेच्न नमिल्ने मेरो छायाँ बाँकी छ, म एक्लो छैन ... ।

मान्छेको सिद्धान्तले मान्छे टोक्दै हिंडेको छ

बम बारुद र द्रव्य शक्तिले विश्व सत्ता खोसेको छ

'शान्ति, शान्ति' भन्दै म पनि बहुलाइरहेछु

सद्दे भन्नु केही छ भने निरीह मेरो छायाँ छ

छायाँ मसंगै झोक्राइरहेछ, म एक्लो छैन ... ।

ब्रह्माण्ड र पृथ्वी नौलो होइन मान्छेको इतिहास पनि

परिवर्तनका क्रमहरु पड्किरहन्छन् ज्वालामुखी बनी

तुँवालो र भुइँकुहिरो भगाउँदे सुनौलो दिन र चाँदनी रात आउँदैछ

शुभप्रभातमा आशा र विश्वासको शिखरयात्रा प्रारम्भ छ

सिर्जनाको आभार छ, म एक्लो छैन ... ।

मुछुभरि ममता र अँजुलीभरि माटो छ

अत्यासलाग्दो भीरमाथि जीवनको बाटो छ

साथमा आप्mनै छायाँ छ

छायाँको औधि माया छ, म एक्लो छैन ... ।

मास्को, रुस महासंघ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।