18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ज्ञानेन्द्र गदाल June 15, 2011, 7:30 pm

उनीसामु पुग्नुअघि, मनमा अलि डर पस्यो

नजीकिँदै गएँ जब, नछुट्टिने रहर पस्यो ।

कुराकानी धेरै भए, उनकै कुरा सुनिरहें

यस्तो लाग्यो जिन्दगानी, गाउँबाट शहर पस्यो ।

जुरेपछि हुँदोरैछ, मिलन पनि कसैसँग

जति हेर्यो आँखाबाट, पिरतिको लहर खस्यो ।

उकाली र ओरालीको, कुराहरु चल्दैथिए

मुटु–मुटु मिल्यो क्यारे, सुन्दर एउटा घर बस्यो ।

कोलोराडो, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।