माया छैन भनु भने परेलीमा राख्छेउ तिमी
बिर्सी गएउ भनु भने सपनीमा आउछेउ तिमी
यात्रा एक्लै गा'रो रै छ कत्ति जुनी बस्नु पर्खी
हातेमालो गरी हिड्न भन कै ले मान्छेउ तिमी
यो मनको भर छैन कहाँ हिड्छ आजभोलि
त्यो मनको चौतारीमा कै ले देखि बाध्छेउ तिमी
मनको भोक भित्रै राखी पर्खी रहुला सधै भरि
तीर्थ ब्रत यै मन हो कहाँ कहाँ धाउँछेउ तिमी
सुन्दर त्यो बगैचामा उडाई लान्छु माथि-माथि
सयर गर्न भन साच्ची कहाँ कहाँ जान्छेउ तिमी