18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तरलतम सौन्दर्य चेतनाको 'फ्रन्टपेज' समयको शिरविन्दु

कृति/समीक्षा हेमप्रभास June 12, 2011, 2:47 pm

१. परिचय

सुबिसुधा आचार्य नेपाली साहित्यको हरियो फा“टमा कुनै अपरिचित नाम होइन । झन्डै तीन दशकको हिउ“द–बर्खा झेलिसकेको उनको युगीन यात्रा एक दशक अघिदेखि साहित्यका विविध गर्खा र उकाली ओरालीहरुमा मोडि“दै आएको छ । शिक्षण, साहित्य र पत्रकारिताको त्रिवेणीमा टाढैबाट प्रष्ट चिनिने उनको मुख्य वेणी साहित्य हो । यो उनको लेखनीले उभ्याएको ज्वार र वैचारिक स्पन्दनको सघन अनुशीलनता पनि हो । प्रस्थानविन्दुको अघिल्ला कालखण्डहरूमा काव्यसाधनामा तरलीकृत उनका स्वस्फूर्त भावगत गाम्भीर्यले उनलाई जुन किसिमको उचाइमा उभ्यायो त्यसैको निरन्तरता र अझैं अग्ला शिखरयात्रा तय गर्ने अनुभूतिजन्य कम्पनहरुको जोडाइमा उनका कथाहरू उनिएका छन् –नओइलाउने फूलहरूको सग्लो मालाजस्तो । यसअघि ‘अग्नियुद्ध’ र ‘रहस्यमय भोगाइ’ कथासङ्ग्रह प्रकाशित भइसकेका उनको ‘फ्रन्टपेज’ तेस्रो कथाकृति हो । फ्रन्टपेज पेजैपेजका अक्षरहरूमा हराइरहेका सयौ“ लेखकहरूका लागि सा“च्चिकै एउटा चुनौती हो । किन हा“स्छ मान्छे ? किन रुन्छ ? सधै“को हतारो र भागदौड नै हो त जीवन ? जीवन त गर्न, बा“च्न र पर्खन जान्नेहरुकालागि हो । कलमा इज्जत सिलाइरहेकाहरूको, आरनमा सपना पिटिरहेकाहरूको, धरहराको सि“ढी गन्न नपाएका कलिला÷नाङ्गा पैतालाहरूको पनि हो जीवन । त्यही जीवन हो – सुबिसुधाका कथाहरूको । छटपटी, हुटहुटी, अन्तद्र्वन्द्व र समयका सुन्न बा“की स्वरहरू एकसाथ झङ्कृत छन् उनका कथाहरूमा । परम्परागत दीर्घ शोषण, दमन र सामन्त–सम्भ्रान्तहरूको पेवा बनेको देशको अनागरिक प्रायः हुनुपरेको पीडा एकाकार हु“दै निराकारमा पोखिएका छन् – फ्रन्टपेजभरि । यो हिउ“जस्तै सुकिलो पगरी गुथेर रातलाई कालो मात्रै होइन भयानक बनाउने जत्थाहरू बिरुद्धको सरलतम कलमी साहस पनि हो ।

२. विषय प्रवेश

फ्रन्टपेज झट्ट सुन्दा आकर्षक लाग्ने नाम हो । तर, यसभित्रका कथाहरू आकर्षक मात्र छैनन् । करुणाको गहिराइसम्म पुगेका छन् –आख्यानगत कौशल । वाह्य संरचनाको दृष्टिले ११६ पृष्ठसम्म फैलिएको यस कथाकृतिभित्रका कथाहरूको सुगठन, सहज वैचिœय, भावपक्ष र कलापक्ष उत्तिकै सशक्त देखिन्छन् । कथाहरूले परम्परित कथ्यहरूलाई पनि छोएका छन्, प्रयोगशीलता र विम्बविधानको लहरोलाई पनि कसिलोस“ग समातेका छन् । कथाहरू पढ्दै जा“दा पाठकहरूले अक्षरभित्रै नया“नया“ चित्रहरू पनि देख्दै जानेछन् । मस्तिष्कको कागजभरि सिनेमाको रिल घुमेजस्तो अनुभूति धेरैले गर्न सक्नेछन् –फ्रन्टपेजका कथाहरू पढेपछि । बाह्रओटा मझौला आकारका कथाहरू समेटिएको यस सङ्ग्रहमा हिलो–धुलो, उकाली–ओराली, देउराली–चौतारी, पानीप“धेरो–मेलापात अझ भन्ने हो भने ग्रामीण र सहरी सभ्यताको ङ्खयुजन छ, मान्छेमान्छेबीच बढेको व्यभिचार, विकटस्थ मानसिक चेतना र त्यसले जन्माएको सहरी जीवन पद्धतिको छाप पनि भेल उर्लेझै“ आएका छन् तर त्यसैभित्र कलाको पछ्यौरीले अक्षरहरू मुसारिएकाले गर्दा कथा–कथाजस्तो मात्र बनेको छैन । ठाउ“ठाउ“मा कविता पढिरहे जस्तो भान पनि भएको छ । कहिले सानीआमा प्रति पहाड बनेर उभिऔ“ र्झै“ लाग्छ भने कहिले फ्रन्टपेजकी बोक्रे विवेकको सूत्रले जेलिएकी उर्वशी सिम्खडाप्रति रिस र घृणाले थुक्न मन लाग्छ । आफै“भित्रको पीडाले कहिले छातिमा घोच्ने त कहिले टाउको अ“चेट्ने गरेको तथ्य नेपालीहरुको साझा समस्या हो । आरनका गोलहरूले भक्कानिएर रुन बाध्य तुल्याउ“दा थाहा छैन– आरनमा गोलहरू मात्रै छन् कि गोलजस्तै जिन्दगी लिएर वा भनौ“ घिसारेर आ“सु पिउ“दै बा“च्न विवश मनहरूको छाया“ पनि छ । रित्तो जिन्दगी– समय र समाजको पनि सभ्यता र कला रित्तिएको जिन्दगी हो – सर्जक र पाठकको मात्रै होइन । विज्ञान र प्रविधिको सिरेटोले निथ्रुक्क भिजेर साइबरमा नाङ्गै नाच्ने ईश्वर हुन् वा साइरन बजाउ“दै सडक कुल्चेर गुड्ने ईश्वर हुन्, आमाले प्रत्येक बिहान रगतको आ“सु चढाएर पूजा गर्ने निराकार ईश्वर नै किन नहुन्, सबै खाले ईश्वरलाई मनोवैज्ञानिक चुनौती दिइएको छ । मभित्र म कुन हैसियतमा छु ? टेकेको जमिन र अडेस लागेको भित्तो कसको हो ? सबैलाई देखे पनि किन देख्न सकिन्न आफै“लाई ? यही“नेर कलात्मक मूल्य प्रदान गरिएको छ । बदलि“दो बादल र स्वास्नीमान्छेको नजर फूललाई इन्द्रेणीले बेरेर ठूलो महल बनाइरहेजस्तो लाग्दछ । भावनात्मक सम्बन्ध साझा विषयवस्तु हुन् तर त्यसभित्र अन्र्तचेतना र हार्दिकता प्रशंसायोग्य छन् । दुर्घटनाले देशकै दुर्घटनाको सूचना सुनाइरहेजस्तो छ । त्यसो त प्यासको उल्झन कलाको चरमोत्कर्ष नै हो भने बन्दको त्यो दिनले नेपाली जनजीवनको यथार्थ रूपको प्रकटीकरण गरेको छ । समग्रमा सुबिसुधाको फ्रन्टपेज भित्र एउटा सिङ्गै देश अटाएको छ ।

३. विश्लेषण

सिर्जना शाश्वत सत्य हो । यसो भयो वा भएन भन्नु त सिर्जनामाथिको खोक्रो बहस शिवाय अरु केही होइन । तथापि युग सापेक्ष आ“खामा बैचारिक स्पन्दनको लेपन गरि“दै आएको छ । सिर्जना र समालोचना स“गस“गै विकसित भएका मुलुकहरूको साहित्य अन्य मुलुकहरूको तुलनामा समृद्ध रहेको पनि विज्ञहरूले बताएका छन् । आ–आङ्खनो दृष्टि अनुकूलको सा“चोमा ढालेर विश्लेषण हुने परिपाटी पुरानै हो । के सत्य हो ? दुविधा छ । तर, सिर्जना सत्य हो भन्ने कुरामा शङ्का छैन । सुबिसुधाको फ्रन्टपेजभित्रका कथाहरूले सत्यको वकालत गरेका छन् । त्यस्तै छन् एउटा पूर्ण चन्द्रमा, सिङ्गै नीलो आकाश र ताराका सिताराहरू । नापतौलको तराजुमा राखेपछि मन त गह्रौ“ र हलुका हुन्छ भने सिर्जना त मनकै उपल्लो उपज हो । यहा“ फ्रन्टपेज भित्रका कथाहरूलाई त्यसरी नै जोख्ने र तौलने सानो प्रयास गरिएको छ । उनको कथागत धरातल पहिल्याउने अभिभारा त सज्जन पाठकहरूलाई छ । एउटा सामान्य पाठकको हैसियतले यहा“ फ्रन्टपेजमा प्रयुक्त (समाविष्ट) कथाहरूको सतही विश्लेषण यसरी गरिएको छ ।

परम्परित दृष्टिकोण र सानीआमा ः

सानीआमा फ्रन्टपेजको पनि फ्रन्टपेज हो । यस कथामा ग्रामीण नेपाली परिवेशलाई सहजताका साथ अ“गालिएको छ । घटनामूलक कथानकको सिलसिला र मध्यमवर्गीय जीवनशैलीको चित्रण यहा“ गरिएको छ । संवाद पातला र विवरणत्मक प्रस्तुति बाक्ला छन् । तर, जति संवाद छन्, असाध्यै कलात्मक, मार्मिक र यथार्थ संवादहरु छन् । अझ त्यो भन्दा बढी विचित्रको कुरा अपाङ्ग अजितेको कारुणिक अवस्थाले दर्शाएको छ । अजिते अशिक्षा र रुढीग्रस्त नेपाली समाजको धेरै अजितेहरूको प्रतिनिधिमूलक पात्र हो । बिहे भए पछि दाजु छुट्टिएर बस्नु, पछि आमा मर्नु, बुबाले सानीआमा बिहे गरेर ल्याउनु, अर्काकी श्रीमती ल्याउ“दा पनि निकै चुरीफुरी देखाउनु, आफूलाई स्याहार गरिरहेकी दिदीले पनि बिहे गर्नु, सहारा क्रमशः टुट्दै जानु, सानीआमाको अमानवीय चर्तिकलाले अजिते पिल्सिनु, दशैंको मालमत्ता किन्न जा“दा बस दुर्घटनामा बाबुको मृत्यु हुनु, सानीआमाले भएभरको सम्पत्ति जिप्ट्याएर पहिलेकै श्रीमान्कोमा जानु, विधुवा बनेर अजितेको बाबुको पेन्सन थाप्न पनि जानु जस्ता घटनाहरू यस कथामा श्रृङ्खलित छन् । डोकोनाम्लो बुनेर जिविकोपार्जन गरिरहेको अजितेमाथि लाटी केटीको बाबुले बिहेको प्रस्ताव ल्याएपछिको रहस्यमय क्षणमा कथाले विश्रान्ति पाएको छ । घटनाहरूको शृङ्खलित झङ्कार र पात्रानुकूलको भाषाप्रयोगले कथा उत्कृष्ट बनेको छ । यस कथाका केही उत्कृष्ट हरफहरू यस्ता छन् ः

– त“ जन्मेको साल म झन्नै मरेकी थिए“, लगभग एक वर्ष थला परे“ ओच्छ्यानमै हल न चलस“ग ।

– त“ त राहु भएरै आइस् नि हाम्रो परिवारमा, त्यही साल तेरी आमा ओच्छ्यान परी, मैले गैरीखेतको मुद्दा हारे... ।

– जन्म आमाले दिएको, हुर्कंदै आमाको काख पोल्टामा भएपछि के फरक पर्छ र गुन्युको दौरा लगाउनमा ?...

– आफैंले ह्विलचेयर गुडाएर मझेरीबाट आ“गनसम्म लम्बियो मेरो संसार.....।

– टुनीको रुखमा कराइरहेको धोबिनीस“ग सा“ट्न मन लाग्थ्यो मनभित्रका उकुसमुकुसहरू.... ।

– आ“सुको फेवातालमा बाराही मन्दिरझै“ ठिङ्ग ठडियो मन......।

– सिरानीलाई आ“सु सुम्पिएर कोल्टे फेर्दैमा रात उम्काए“ मुठ्ठीबाट ..... ।

– दुःखीको ओठमा लेपिएको खुसीका बु“दहरू पिउन चाहने रहेछ नियति...... ।

– पछि छिमेकीबाट घोइरोघोइरो हल्ला सुने“ – हाम्रो सम्पत्ति कुम्ल्याएर पहिलेकै लोग्ने र छोराछोरीस“ग बस्न गइछिन् सानिआमा..... ।

यी त सामान्य उद्धरणमात्र हुन् । कथाका अधिकांश हरफहरू उद्धिृत गर्न लायक छन् । कथामा सिङ्गै गाउ“ र त्यहा“को जनजीवन अटाएको छ । नाम्लोदाम्लो बुनेर जीवन चलाउने पसिनावादीहरूको चित्र पनि छ ।

फ्रन्टपेजै फ्रन्टपेजको फ्रन्टपेज ः

यस कथामा कथाकारको पत्रकारिताको रङ छ । संवादहरू पनि बाक्लै छन् । कतै कतै स्वैरकल्पनाका छिटा र बाछिटाहरू पनि छन् । परिवेशले सहरको वर्गीय चरित्र समेटेको छ । पत्रपत्रिकाहरूमा जबरजस्ती आङ्खना रचना छपाउन पटकपटक झड्का दिइरहने मै हु“ भन्ने लेखकहरूका लागि यो कथा एउटा गतिलो झापड हो तर, कथाकारले उर्वशी सिम्खडालाई त्यति नाङ्गो नबनाइदिएको भए अझ राम्रो हुन्थ्यो । ‘सिमोन द बोआ’ र ‘द सेकेण्ड सेक्स’ को जति सम्मान गर्नुपथ्र्यो भनेको चाहि“ पक्कै होइन । जे होस् बाहिरी आवरणको सजधजले बिकेकाहरू कतिसम्म गिर्न सक्छन् भन्ने कुराको ज्वलन्त प्रमाण हो यो कथा । जीवनको वास्तविक र यथार्थ पक्ष यही हो । वास्तविकता जहिले पनि उदाङ्गो हुन्छ र अगाडि देखिन्छ । त्यसैले शीर्षक सार्थकताको दृष्टिले पनि यस कथा (फ्रन्टपेज) औचित्यपूर्ण छ । घटनाक्रमहरू थपेर लम्ब्याउ“दै–लम्ब्याउ“दै लामो उपन्यास बनाउन मिल्ने कथा हो यो । खानेहरूले अन्न मात्रै खान्छन् कि पसिनाको रङ पनि खान्छन् ? सडकमा चिप्लने मह“गा गाडीहरूले सडक मात्रै कुल्चन्छन् कि धुलो पनि कुल्चन्छन् ? शरीरभरि अत्तर छर्केर हि“ड्नेहरूले नुन बोक्दा भरियाको शरीरबाट प्रवाहित हुने तातो वाफ छोएका छन् कि छैनन् ? सबभन्दा ठूलो कुरा त श्रम हो । श्रमका मूल्य नबु¤ने यथास्थितिवादीहरूप्रतिको झटारो हो – फ्रन्टपेजै फ्रन्टपेजको फ्रन्टपेज ।

आफै“भित्रको पीडाले घोचिरह“दा ः

अनिश्चित गन्तव्य र भाग्य–भविष्य बोकेर लमक–लमक हि“डेकी शकुन्तला कहा“ पुगी होला ? उसले कसरी जन्माइहोला बच्चा ? त्यो बालकलाई लिएर शकुन्तला कहा“ बस्ली ? ‘पीडा आफै“भित्र’ पढि सिध्याउ“दा सबै पाठकहरूको मनमा उत्पन्न हुने साझा जिज्ञासा हुन् यी । यो कथा परम्परागत दीर्घ शोषणको चरमोत्कर्ष र आधुनिक अतिवादीताले आङ्खनै धरातल बिर्सेका रङ्गीबिरङ्गी कागजका फूलजस्ता मान्छेहरूको नाङ्गो चित्र हो । समय र सीपको दुरुपयोग गरी क्यासिनो छिर्ने र मान्छेजस्तो बन्न पशुतुल्य क्रियाकलाप गर्ने शकुन्तलाको पति भनाउ“दो श्रवणजस्ता धेरै श्रवणहरू छन् यो देशमा । फरक यत्ति हो– कोही पर्दा भित्र छन् त कोही पर्दा बाहिर छन् । मान्छेभित्र ह्रास हु“दै गएको मानवीयपन र नैतिकताप्रति खबरदारी गरेको छ– ‘पीडा आफै“भित्र’ ले । सहज संवाद, संवेद्य वाक्यगठन र शुद्ध तर रुढीग्रस्त ग्रामीण जीवनको चित्र बोकेको यो कथा समकालीन नेपाली कथाहरूको दा“जोमा निकै माथि छ ।

आरनका गोलस“गै थिचिएर मरेका बिर्खेका सपना ः

‘आरनका गोलहरू’ बिर्खे, भुन्टी, च्यान्टी र पुन्टेको मात्रै कथा होइन । विकट ग्रामीण भेगको धेरै नेपालीहरूको कथा हो । रमेश विकलको ‘लाहुरी भैंसी’ पढ्दा वा बेभर्ली नाइडाको ‘जर्नी टु जोबर्ग’ पढ्दा जति आ“सु बगेका थिए, आज आरनका गोलहरू पढ्दा त्यति नै आ“सु बगिरहेका छन् । यो कथा करुणाको एउटा सिङ्गै पहाड हो । संसार विकासको गतिमा कहा“बाट कहा“ पुगिसक्यो । हामी अझैं अभावै अभावको माला लगाएर बिर्खे र उसका परिवारहरू मरेझै“ जिउ“दै मरिरहेछौ“ । कला र भावको समेलीमा कथाका हरफहरू आफै“ बोलिरहेछन् यसरी ः

– आरनमा रहेका गोलहरूले चुसेर बा“की रहेको रगत पनि चुस्छन् परिवार मिलेर ..... ।

– दुइटा खा“बोमा बा“सको कप्टेरा तेर्साएर थोत्रो बोराले छोपेको बिर्खेको कार्यालय, मन्त्रालय, विभाग, अदालत सबै अर्थात् आरन ।

– सिङ्गो जीवनमा समयका प्रशस्त घुम ओढिसकेको बिर्खेले गुलाब फक्रेको र कलम फुलेको कत्तिको भेट्यो ? त्यो उसैस“ग सोध्नुपर्छ ।

– यी समयका फोकाहरूले ज्यादै नराम्रोस“ग हिर्काएर गएको छ मेरो ह्दयमा, जसको निलडाम आज पनि मेरो छातिमा ताजै र आलै छ ।

– मुठ्ठीमा नपरुन्जेल हरेक कुरा सुनको फूल हुन्छ । जब हातमा पर्छ तब धर्तीको धुलो.... ।

– आज पनि महामारी आउलाजस्तो छ । ओहो † थाम्दैन यो छाप्रोले † भिज्ने भो थाङ्ना, थरा र केटाकेटी ।

– सधै“ डर, त्रास र भयमै बित्ने भो यो चोला...... ।

– त्यतिखेर पुन्टेले मन्दिरभित्र पसेर भगवान्लाई चढाएको भेटी नचोरेको भए हामीले गाउ“ छाड्नु नपर्ने..... ।

– मैले बनाएको जलरी महादेवको शिरमा झुन्डेर पानी झरिरहन्छ, मैले बनाएको घन्टा बजाएर जप्छन् भगवान्को नाम, मेरै हातले बनाएको थालीमा पूजा सामान, दियोमा बत्ती बाल्छन् ठूलाजातको भनाउ“दा । फेरि हामी भित्र पस्दा बिटुलो हुने ?.....

बनाउनेहरूले कागजमा त केके बनाए, बनाए । घरैघरले भरिएको राजधानी बसेर ठूल्ठूला योजनाहरू पनि बनाए तर, भात र स्वतन्त्रताका लागि शीतयुद्ध युगौ“देखि चलिरहेछ । यसबारे कसले सो“च्ने ? कसलाई सोध्ने ? कसले पढ्ने बिर्खेहरूका कथा ? सुनौलो भविष्यको परिकल्पना आ“खाले मात्रै गरेर पुग्दैन ।

रित्तो जिन्दगी कहिलेसम्म रित्तै रहन्छ ?

‘रित्तो जिन्दगी’ प्रेमलाई पनि वर्गीय बनाउने परिस्थितिजन्य पर्खालको चित्र हो । हाम्रो आङ्खनै गरिबीको पनि पहिचान हो । युपेशस“ग ‘म’ पात्रको प्रेम बस्नु, प्रेम–बिहेमा परिणत हुन लाग्नु, जग्गा धितो राखेर बिहेको तयारी गर्दै गर्नु, बिहेकै अघिल्लो दिन बेलुकी केटापक्षबाट रु.५ लाख बराबरको दाइजोको माग गर्नु, केटीपक्षबाट त्यति ठूलो रकम जुटाउन सक्ने हैसियत नहुनु, समाजको अगाडि छोरी अन्माउन नपाउने पीडाले बाआमा दुवैले खरीको रुखमा झुण्डिएर आत्महत्या गर्नु जस्ता घटनाको सिलसिलामा यो कथा बुनिएको छ । घटना घट्नुमा दोषी न युपेश छ, न त म पात्र नै † कथाका कथानक, शिल्पशैली र प्रस्तुति नितान्त नवीन ढङ्गको छ ।

ईश्वरलाई विज्ञानको चुनौती ः अब भगवान् भनेका मान्छे नै हुन् ः

कहिलेकाही“ सत्य पनि अचम्मलाग्दो हुन्छ । विज्ञान र प्रविधिको चमत्कारले गर्दा संसारमा असम्भवप्रायः केही छैन । केटा केटी बन्ने र केटी केटा बन्ने÷बनाउने अवस्थाको सिर्जना, लिङ्ग परिवर्तनको पटाक्षेप यो कथाको मूल विषय हो । तर, स्वस्तिकाले लिङ्ग परिवर्तन गरेर सतिश बन्नुपर्ने कारण चाही“ नारीहरुमाथिको अपहेलना, परम्परागत विकृत सो“चको उन्मूलनका लागि हो । नेपालमा पनि अन्य विकसित मुलुकमा जस्तो नारी र पुरुषमा विभेद नहुने भइदिएको भए लिङ्ग परिवर्तन गराउनुपर्ने थिएन । अझ यो भन्दा प्रमुख पक्ष कथामा के छ भने समाजकै लागि भएपनि छोरा जन्माउनु पर्ने भएकोले स्वस्तीकाकी आमाले लगालग बच्चा जन्माइरहिन् र एघारौ“ छोरी जन्माउने बेला मृत्युवरण गर्न पुगिन् । कथा जति रोचक छ, त्यति मार्मिक पनि छ । बीचबीचमा प्रयोग भएको पत्रात्मक शैलीले अझंै रोचकता थपेको छ । गोविन्दबहादुर मल्ल गोठालेको ‘भा“डो’, विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’कै जस्तो प्रारम्भिक पृष्ठभूमि अपनाउ“दै कथानक अघि बढे पनि अन्त्यमा एउटा नया“ रहस्यको उद्घाटन गरेको छ यस कथाले । यो एउटा प्राविधिक कथा पनि हो ।

मभित्रको ‘म’को कठोर तर वास्तविक रुप ः

‘मभित्रको म’ कथा एउटी नारीमाथि खेलवाड गर्ने राक्षसी प्रवृत्तिका पुरुषको अन्त्यका लागि महाकाली वा श्वेतभैरवीको रुप धारण गरेर नारीले लिएको बदलाको हतियार हो । यहा“ नारी ‘म’ पात्र स्नातक पढ्दै गर्दा दबाबमा परेर अपरिचितस“ग बिहे गर्न बाध्य हुन्छे । उसको श्रीमान् प्रमोद प्रत्येक रात आङ्खनी प्रेमिका आशाको कल्पनामा डुब्छ । हनिमुन मनाउनका लागि पोखरा जा“दा पनि प्रेमिका लिएर आफू स्पेसल रुममा जान्छ र श्रीमतीलाई अर्को रुममा पठाउ“छ । त्यति मात्र नभएर जुसमा विष पिलाएर मार्ने षड्यन्त्र बुन्न पनि पछि पर्दैन । त्यसैको प्रतिकार स्वरुप ‘म’ पात्रले आङ्खनै पति प्रमोदको हत्या गरेर हा“सी हा“सी जेल गएकी हो । गोविन्दबहादुर मल्ल गोठालेको ‘मैले सरिताको हत्या गरे“’ र सुबिसुधाको ‘म भित्रको म’ कथाको भावभूमि लगभग एउटै हो । तर, विचार, शैली, प्रस्तुति र कथागत सुगठनमा भने व्यापक अन्तर छ । हेपिएका, चेपिएका र पिल्सिएका नारी मनहरुले यस खालको कथाबाट थप ऊर्जा प्राप्त गर्न सक्नेछन् । तर, त्यो ऊर्जा सकारात्मक र सही बाटोमा हुनुपर्छ, व्यक्तिलाई मार्नुभन्दा व्यक्तिभित्र अन्तर्निहित नकारात्मक प्रवृत्तिलाई मार्नु ठूलो कुरा हो ।

बदलि“दो बादल र स्वास्नीमान्छेको एकाकार ः

विज्ञान र प्रविधिले संसारलाई अनौठो अनौठो चमत्कार देखाइरहेको यो टेक्निकल युगमा बदलि“लो बादल र स्वास्नीमान्छेलाई एकाकार गर्ने कार्य पनि प्रविधिको ज्यादातर विकासले नै सम्भव भएको हो । ब्लफ कलबाटै अन्जान दुई व्यक्तिहरु परिचित हु“दै जानु, छ महिनासम्म लगातार फोनवार्ता भइरहनु, त्यसै सिलसिलामा एक–आपसमा प्रेम हुनु, प्रेम– विवाहमा परिणत हुनु, निम्नवर्गीय अवस्थाको व्यक्ति भएको हुनाले काठमाडौं सहरमा गुजारा चलाउन गाह्रो हुनु, पुरुष कतार जस्तो खाडी मुलुकमा काम गर्न जान बाध्य हुनु, तीन महिनासम्म श्रीमान् र श्रीमतीबीच फोन सम्पर्क भइरहनु, पछि सम्पर्क टुट्नु, विदेशी भूमिमा पुरुष रन्थनिइरहनु जस्ता घटनाक्रमहरू यस कथाका बुनोट हुन् । कथाले घटनाको सिलसिलालाई मात्र प्रस्तुत गरेको छैन । प्रविधिको सबल र दुर्बल पक्ष्ँका बारेमा पनि औ“ला ठड्याएको छ ।

भावनात्मक सम्बन्धको शिखर ः

‘भावनात्मक सम्बन्ध’ कथा सामाजिक रुपान्तरणको कोसेढुङ्गो हो । यस कथामा लगभग निम्नवर्गीय सामाजिक अवस्थाको चित्रण छ । सानी तथाकथितहरूद्वारा दलित भनिने दमाई जातकी केटी हो । ऊ कल बोकेर रनबहादुरको घरमा कपडा सिलाउन जान्छे । तर, रनेले एकान्तको मौका छोपी सानीको अस्तित्व लुट्छ । सानी रु“दै कराउ“दै आउ“छे । उसको बालापनदेखि भावनात्मक साथी स्याबाजा हो । सानीले रु“दैरु“दै सबै कुरा स्याबाजालाई सुनाउ“छे । स्याबाजा मुर्मुरिएर रनेको टाउको छिनाल्न जान खोज्छ तर रने कुम्लोकुटुरो बोकेर सहर भागिसकेको हुन्छ । सानीको एक महिनापछि बिहे हुने गरी कुराको छिनोफानो पहिल्यै गरिसकिएको हुन्छ । त्यसैले स्याबाजाले यो कुरा गुपचुप राख्नुपर्ने सल्लाह दिन्छ सानीलाई । सानी घर फर्कन्छे । स्याबाजापनि प“धेरो छेउको चौतारोबाट घरतर्फ लाग्छ । स्याबाजालाई खाना खान मन लाग्दैन र, राम्ररी निदाउन पनि सक्त्तैन । भोलिपल्ट बिहानै रेडियोमा समाचार सुनिन्छ– काठमाडौं जा“दै गरेको बस दुर्घटना, रनबहादुर खत्री सहित तीनजनाको घटनास्थलमै मृत्यु । त्यसपछि झन् यो कुरा गुपचुप राख्न सजिलो हुने महसुस गर्छन् स्याबाजा र सानीले । तर, दुःखको कुरा केटापक्षको हजुरआमा बित्नुभएकोले सानीको बिहे एक वर्षका लागि पछाडि सर्छ । फेरि अर्को समस्या– सानीले मृतक रनबहादुरको पेट बोकेकी हुन्छे । अब के गर्ने भनेर स्याबाजास“ग सल्लाह गर्दा उसले बाआमालाई भन, सुरक्षित गर्भपतन गराउनु पर्छ भन्यो । तर, बाआमा र अन्य बुज्रुकहरुले यो गर्भ मृतक रनबहादुरको नभई स्याबाजाको हो भनी आरोप लगाउ“छन्, सानी हु“दै होइन भनिरहेकी हुन्छे । त्यति नै बेला स्याबाजाले सबैका सामु सानीको सिउ“दो रङ्गाइदिन्छ अनि कथाले उत्कर्षता प्राप्त गर्दछ । यो कथा पढिरह“दा सिनेमा हेरिरहेजस्तो लाग्दछ ।

दुर्घटनाले निम्त्याएको दुर्घटना ः

‘दुर्घटना’ कथा वैचारिक र मानसिक दुर्घटना हो । यस कथामा सन्तान प्राप्तिको लागि बहुविवाहलाई अ“गालिएको छ । ‘म’ पात्रको श्रीमती बुनुबाट सन्तान नहुने भएकाले बुनुले आङ्खनी मामाकी छोरी निर्जलालाई आङ्खनो पति ‘म’ पात्रस“ग जबरजस्ती बिहे गराइदिएकी छे । आङ्खनो इच्छा विपरितको कार्यले म पात्र किंकर्तव्यविमूढ मात्र बनेको छैन, उसले आङ्खनो जीवनमा ठूलो दुर्घटना भएको महसुससम्म गर्न पुगेको छ ।

प्यासको उल्झन ः

‘प्यासको उल्झन’ उत्कृष्ट नारी यौनमनोवैज्ञानिक कथा हो । बिहे भएको केही समयपछि आरतीको श्रीमान् जीवन लण्डन गएको छ । ऊ गएको चार वर्ष बितिसक्दा पनि फर्कने कुरै गर्दैन । यता आरती भने आफूभित्रको यौन तृष्णालाई दबाएर बसेकी छे । ऊ विगतका दिनहरु कल्पिन्छे, तड्पिन्छे र आफूभित्रै सम्हालिन्छे । छिमेकी डेरावाल मुकेशले विगतमा उसलाई पटकपटक फकाएर आङ्खनो मायाजालमा पार्न खोजे पनि आरती मूर्तिजस्तै स्थिर बन्दै आएकी थिई । आज आरतीले सधै“को भन्दा अलि बढी प्यासको महसुस गरिरहेकी छे । मुकेशकी श्रीमती माइत गएकीले मुकेश पनि एक्लै भएको अवस्थामा आरतीले अचानक मुकेशस“ग आङ्खनो तिर्खा मेटाएकी छे । भोलिपल्ट तरकारीको मीठो मगमग बास्नास“गै मुकेश भित्रिएपछि अहिलेसम्म कहिल्यै पनि तिमीले जति जीवनले सन्तुष्टि दिन नसकेको खुलासा गर्छे आरतीले मुकेशस“ग र दुईजना बिहे गरेर बस्न अनुरोध गर्छे । तर, मुकेश आङ्खनी श्रीमती कमला र दाइजो पाएको प्रशस्त धनसम्पत्ति सम्झिन पुग्छ । उसले त श्रीमती माइत गएकीले अभावको परिपूर्तिमात्रै गरेको हो आरतीस“ग । यही विन्दुमा आएर कथाको पटाक्षेप भएको छ । फ्रायडीय दर्शनको यौनमनोवैज्ञानिक कलम र युङ, एडलरको क्षतिपूर्तिको सिद्धान्त पनि प्रशस्त लागू भएको छ –प्यासको उल्झनमा ।

बन्दको त्यो दिन ः मृत छोरोलाई बोकेर उभि“दाको क्षण

‘बन्दको त्यो दिन’ कथा द्वन्द्वको अवशेष हो । द्वन्द्वले छोडेर गएको अर्को नमेटिने घाउ हो । देशको तरल राजनीतिको प्रतिच्छायाप्रति गरिएको साहसिक विरोध पनि हो । बिजुका परिवार दश वर्ष अघि किन र कसरी काठमाडौं आए ? सायद द्वन्द्वकै बेला उनीहरू गाउ“ छोड्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको हुनसक्छ । अभावैअभावमा पेट्रोलको अभाव थपि“दा कमाउनु त परै जाओस् बिजुका बाले ट्याक्सीमालिकलाई बुझाउनुपर्ने रकम पनि उधारो छ । बिजुलाई भिडियोगेम किनिदिन पनि सकेको छैन । बिजुकी आमा अर्काको घरमा दिनभरी काम गर्छिन् र कमाउ“छिन् यो मह“गीमा प्रतिमहिना रु. एक हजार † यस्ता धेरै विस्थापित मनहरू छन् यो सहरमा अझै पनि † बन्दको त्यो दिनमा बिजुका बा बिजुलाई सहर घुमाउन लिएर जान्छ । सडकभरि मान्छेमान्छे मात्रै देखिन्छन् । छोराले बदाम खान खोजेपछि खल्ती छाम्न पुग्छ ऊ र गोजीमा भेट्छ मात्र दुई रुपिया“ । ठेलावालाले दुई रुपिया“को बदाम दिन इन्कार गर्छ । बाबुछोरा वानेश्वर तिर लाग्छन् । धुमधामस“ग नाचगान भइरहेको हुन्छ । बिजुले पानीपुरी खाने रहर गर्छ । दुई रुपिया“को पानी पुरी किन्न लाग्दा अचानक बन्दुकको आवाज आउ“छ । सबै भागाभाग गर्छन्, ऊ पनि छोरालाई का“धमा बोकेर अलि पर पुग्छ । आङ्खनो कमिजको रगत देखेर झसङ्ग हुन्छ । छोरालाई का“धबाट ओराल्दा निष्प्राण भेट्छ । करुणैकरुणाको आ“सुले भिजेर टुङ्गिन्छ यो कथा । यो कथा मात्रै होइन, धेरै नेपालीहरूको वास्तविकता हो ।

उपसंहार ः

सुबिसुधा आचार्य नेपाली साहित्यको सशक्त नारी हताक्षर हुन् । दुई दशकदेखि नेपाली साहित्यको उन्नति, प्रगति र ज्यादातर विकासका लागि खटिएका उनको कलम पछिल्ला चरणहरूमा कथा विधामा बढि केन्द्रित देखिन्छ । उनका कथाहरूले प्रशस्त नया“नया“ सम्भावनाको ढोका खोलेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ । उनका कथाहरूमा आ“सु, रोदन र पीडाका स्वरहरू मात्रात्मक रुपमा अलि बढी छन् । त्यसो त बालमनोविज्ञान, यौनमनोविज्ञान, यथार्थ र स्वच्छन्दताको समायोजन, सामाजिक रुपान्तरणका छालहरू र नियतिजन्य भोगाइका अनुभूतिहरूलाई कलात्मक मूल्य प्रदान गरेर कथाको सा“चोमा ढालिएको छ । सिङ्गै फ्रन्टपेजले दुखेको देश, युद्धको अवशेष, अन्तर्निदित तृष्णा र निरीहतालाई मात्र बोलेको छैन, उन्नतिका पहाडहरू पनि उक्लिरहेका छन् । समग्रमा फ्रन्टपेज प्रगति उन्मुख छ । नेपाली कथासाहित्यमा यसको चर्चा लामो समयसम्म फ्रन्टपेजमै भइरहनेछ ।

ठमेल, काठमाडौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।