18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा.रुपक श्रेष्ठ June 11, 2011, 5:58 pm

उल्टोसुल्टो पढाउने बानी हजुरको

खुट्टो तानी लडाउने बानी हजुरको

लोभ्याउँदै झुक्याउँदै मूर्ख बनाउँदै

काँधमा तिघ्रा चढाउने बानी हजुरको

फुस्ल्याउँदै फकाउँदै बुई चढेर

आफ्नो यात्रा बढाउने बानी हजुरको

पानीमाथि ओभानो आफू जोगिने

अरुलाई ढडाउने बानी हजुरको

आफू लुक्ने अरुलाई ढाल बनाउने

शिश महल ठडाउने बानी हजुरको

लण्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।