18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

टूँडिखेल

कथा जगदीश घिमिरे June 10, 2011, 3:48 pm

“अहँ, बस्तै नबसौं, गइहालौं” उसले मुखै बिगारेर भन्यो ।

“किन र ?”

“पैले जाउँ, अनि कुरा गरौंला” – उसले भन्यो । उसको आशय मैले बुझें । बुझेर पनि पक्क परिरहें । उ मलाई वास्ता नगरेरै भ¥याङ्ग ओर्लन लाग्यो । “एक छिनपछि आउँला है आमा” भनेर म साहूनीसंग अपराधी झैं बिदा हुँदै पछि लागें ।

सडकमा उभिएर उ एउटा लामो सास फोर्छ, भन्छ – “तिमीलाई मक्काएका दलिन भएको, थतर्किने तला भएको घरको पाँचौ तलामा निर्धक्क बस्न डर लाग्दैन ?”

उसले अधिकार जनाउँदै सोधेको छ ।

के जवाफ दिउँ ? डर लाग्छ तर पनि डराएर साध्य छैन । लाग्दैन पनि । म भन्छु “काठमाडौंका आधिसरो घर यस्तै छन् ।”

“भए के भो त, तिमी र म डेरा गरी बस्ने मान्छेलाई ? हामी गतिलो घर भाडामा लिन्छौं” – उ भन्छ ।

“किन र, भूइँचालो, तिमी र म त्यस्तो घरमा पाचौं तल्लामा बसेको बेलामा आउँछ नै र ?” – उ सोध्छ ।

“आउँदैन भत्रे के छ ? नआओस्, तर हामी सतर्क हुनु पर्छ” – उ भन्छ ।

“सतर्क अँ, सतर्क, सगर खस्छ भनेर हुट्टिट्याउँले ठाडो खुट्टा लगाई बस्छ रे सगर थाम्न । हो हामी हुट्टिट्याउँ जस्तै सतर्क हून सक्छौं, हैन त ?” – म भन्छु । उ ठुस्किन्छ । हामी हिंडिरहन्छौं ।

धेरै वर्षपछि हामी भेट भएका थियौं । धेरै वर्ष अघि हामी एउटै थालमा खाएर एउटै ओछ्यानमा सुतेर वर्ष बिताएका साथी थियौं, झोला बोकेर कोसौं पैदल चहारेका थियौं । भोक–भोकै या आधा–पेट चना–भूजा फुक्याँउँदै “जनताको सेवा” गरेका थियौं । हामी एउटै पार्टीका कार्यकर्ता थियौं, र भन्दछन्, खुब सव्रिmय थियौं रे । पार्टीलाई हामीहरूबाट ठूलो आशा थियो रे । तर अचेल सुकिलो लगाउने सिलसिलामा म सिआइडीगिरी गर्न लागेको थिएँ तर उ मैलो नै लगाइ रहेको छ । तराईबाट भर्खर आइपुगेका थियो ऊ । मलाई त्यहाँको भूमिगत गतिविधि जात्रु अत्यावश्यक थियो, अत – मैले उसलाई एकान्त ठाउँमा रक्सी ख्वाउन लगेको थिएँ ।

तर ऊ ठेलैबाट फर्केर हिंड्यो ।

एउटा कार बेगले छेवैबाट गयो । यसले भन्यो – “काठमाडौंमा ज्यान ज्यान क्यै पनि छैन हगि ? कसरी हाँक्छन् यहाँका मान्छे ।”

“जहाँ पनि त्यस्तै हो, ज्यान जहाँ पनि सस्तो भएको छैन र ?” म सोध्छु ।

“छ, तर यहाँ दुर्घटना सस्ता छन् ।”

“छन् अब के लाग्छ ? आफू जोगिनु पर्छ” – भन्छु ।

“कसरी जोगिन्छौ तिमी ? बाटो हिंडिरहँदा कुन मोटर साइकलले कतिबेर धक्का दिने हो, के थाहा पाएर सतर्क हुन्छौ ? पेटीबाट हिंड्दा पनि कुन मोटर पेटीमै उक्लेर चेप्टयाउने हो, कसरी अन्दाज गर्न सक्छौ तिमी ? सतर्कता भनेको गफ हो । त्यसो भनेर राम्ररी हेर्दै नहेरी बाटो काट भनेको होइन ? अँ, सतर्क भएर गल्ली र छेडीहरूको बाटो पैल्याएर हिंड्न सकिन्छ । सवारीबाट जोगिने उपाय त त्यो हो – तर त्यहाँ पनि पूरा सेफ छैन ... गल्ली र गलछेंडाहरूबाट हिंडेर पनि मैले हेरिसकेको छु ... ती मक्काएका र भनौला बाँसको लिङ्गो जस्ता बािङ्गएका धराप घरहरूको छेउबाट कसरी हिंड्नु ? के ठेगान आफैमाथि पो खस्ने हुन् कि, ती जगैदेखि चिरिएर बसेका ओध्रा, धराप ।”

ऊ चुप लाग्यो, तर मलाई बोलाईछाड्न मन लाग्यो । कुरा उप्काइ मात्र दिएपछि ऊ भाषण दिनेछ – मलाई विश्वास भयो । भाषण त अघि हामी गाउ–गाउँमा संगै दिएर हिंड्थ्यौं, तर यस्ता खाले होइनन् । हाम्रा गुरुहरूको उपदेश अनुसार “जनतामा चेतना भर्ने” जनतामा व्रmान्तिकारी उत्साह भर्ने कुराहरू फलाक्थ्यौं–यस्ता फोबिया होइनन् । मलाई रमाइलै लागेकोले उकासें – “बाइरोडमा कसरी आयौ ? पैदल कि ?”

“पैदल हिंडेर साद्दे छ यो जुगमा पनि ? हेरन यी हामी पैदलै त हिंड्दै छौं, तर कुनै बेला पनि मर्न सक्छौं । ... म मरिन्छ भनेर मोटर, रेल, जहाज नचढ्ने मान्छे होइन, तिमीलाई थाहै छ, नचढेर सम्भव छैन ... यो बेग्लै कुरा हो कि म तीभित्र रहुञ्जेल कूनै पनि क्षण दुर्घटनाग्रसित हुन सकिने बाध्यतालाई स्वीकार गरिरहेको हुन्छु ... यात्रा टुङ्गिदा मुक्तिको अनूभव गर्छु ... मूक्ति ।”

उसले लामो सास फे¥यो । मैले ठूटो चुरोट उसतिर तेसर्याइदिएँ । म चाहन्थें, ऊ थकाइ मारोस् । म उसलाई दया गर्न लागिसकेको थिएँ ।

“चूरोट” ऊ भत्र थाल्छ, “चूरोट खान्छू, चूरोट खान्छू म, तर सैकडौं चोटि छोडिसकें ... तैपनि छाड्न सकेको छैन ... चूरोटको गहिरो सर्को तान्दा म आफ्नो फोक्सोमा क्यान्सर अनूभव गरिरहेको हुन्छु ... साँच्चै हरेक चीजमा त्रास देखिरहेको छू ... ।”

दोबाटे भट्टीबाट निस्कँदा नै म पूरा मातेको हुन्छु । मैले चाहेको थिएँ उसलाई मताउन र उसबाट कुरा सुत्र । तर अब मलाई उसबाट कुरा धुत्न अथवा नधुत्न वास्ता भएन । धेरैपछि भेट भएको साथी थियो, कतै माया पनि हुँदो रहेछ, पल्हाएछ ।

“अघि हामी रक्सी खात्रथ्यौं हगि ?” यसलाई हामी गरीबको रगत भन्थ्यौं । तर आज खान्छौं । रक्सी खाएर पनि म निश्चिन्त भएको हुत्रँ । मलाई जति–जति मात लाग्दै जान्छ, उति–उति लाग्छ मेरो कलेजो ड्यामेज भइसकेको छ, मैले बाँच्नु छ भने रक्सी खानु हुँदैन ... तर मैले रक्सी छाड्न सकेको छैन ।

रक्सी खाएपछि ऊ बतौरो हुन्थ्यो, यो मलाई थाहा थियो । पार्टीको सच्चा भक्त हुनु अघि ऊ र म संगै मात्थ्यौं र पछि मात्र छाडिदिएका थियौं ।

हामी ढनमनाई पनि रहेका थियौं । ... ढनमनाउँदै पनि हामी फेरि सडक छेउको अर्को सस्तो भट्टीमा पस्यौं र थप्यौं । यद्यपि मेरो खर्च गर्ने स्थिति थिएन । मैले यो भात खाने पैसा मासेर रक्सी खाँदै थिएँ । यस कूराले मलाई चिमोट्यो । तर सजिलै मातिदिएँ । फेरि झन् ढुनमुनिंदै हिंड्यौ ।

सभ्य मानिसहरूले धन पछ्याए झैं एक बथान कुकुरहरू पनि एउटी कुृकुर्नीको पछि–पछि कुद्दै थिए – ङयार्ङयार ङुर्ङुर गर्दै । मैले एउटा कुकुरलाई लात्ताले भुक्क हिर्काएँ । कुकुर आव्रmोश र बेदना मिसिएको स्वर निकाल्दै कुद्यो । उ भत्र लाग्यो – “किन कुकुरलाई यसरी जिस्क्याउँछौं, थाहा छैन यसको राल मात्रले हाइड्रोफोबिया गराइदिन्छ । ... म त छेवैबाट सद्दे कुकुर गयो भने पनि बौलाहा देख्छु । यसले नटोके पनि टोकेको देख्छु र आपूmलाई हाइड्रोफोबिया भएर दौडिरहेको पो अनुभव गर्छु ... ।”

अब मलाई उसका केही कुरामा विचार गर्न मन लाग्न थाल्छ ।

अब म साँच्चै गम्भीर भएर सोध्न थाल्छु – “उसो भए तिमीलाई मान्छेसंग पनि त डर लाग्छ होला ?”

ऊ भन्छ “अवश्य । सबभन्दा खतरनाक मान्छे नै हो । यसले कुनै पनि बेला तिमीलाई पछिल्तिरबाट छूरा हात्र सक्छ । लात्ती हात्र सक्छ । घाँटी मस्काउन सक्छ । त्यसैले तिमीले याद गरेका हौला म लगातार एकैतिर हेरेर उभिन सक्तिनँ । म टाउको घुमाइरहन्छु । मलाई आफ्नो पिठ्यूँतिरबाट सबभन्दा डर लागिरहेको हुन्छ ।ु

“मैलै तिमीसंग पनि डराउनु पर्ने हो, तर कुत्रि किन डराइनँ, एउटा तिम्रै निजी कूरा भन्छु, माफ गरे, तिमी सीआइडी हौ, मलाई थाहा थियो, तर तिमीसंग सङ्गत गर्न मैले आपद देखिनँ, किनभने तिमी पेटको लागि त्यो गर्दैछौ, अब म चाहन्छु, कृपया मलाई पनि यस्तै (वा कस्तै पनि) एउटा नोकरी खोजिदेऊ ।”

उसको कुराले मलाई भातमा सितन हालिराखेको थियो । तर जब उसले म सीआइडी भएको कुरा भन्यो, मेरो मात उड्यो । मलाई जाडो लाग्न लाग्यो । मैले सोधें – “पार्टीको काम गर्देनौ ?”

“गरिराछु अहिले म भूमिगत छु । तर अब नगर्ने विचार छ । अब म पनि बिक्ने विचारमा छु । हाम्रा ठूला बडा नेता सजिलै बिकेका छन् भने तिमी र म बिक्नु के कुरा हो, हामी त साधारण कार्यकर्ता नै हौं ।”

म पक्क परें ।

उसले भनिसक्यो ।

“जब केहीमा आस्था थियो – बाँच्न र मर्न सजिलो थियो । यस अर्थमा ईश्वरमा आस्था राख्ने हाम्रा पूर्खा सुखी थिए । ती दन सम्झ जब तिमी र ममा आस्था थियो । आज छैन । नभएर नै जस्तो लाग्छ म हृदयको साह्रै दूर्बल भएको छु ... त्यसैले म पार्टीको काम गर्दिनँ अब ... म बाँच्न चाहन्छु जसरी सबै बाँच्तछन् ... कुकुर जस्तो भए पनि ... ।”

हामी टूँडिखेल पुगेका थियौं । मैले फेरि एक बोतल खुकुरी रम किनेको थिएँ । सक्दो घुट्को निल्दै भनें – “हामी बाँच्छौं । हामी रक्सी खाएर पनि त बाँच्छौं नि, भात खान नपाए ... ।”

आज मलाई ती धेरै रातहरू सम्झना आइरहेका थिए – जब हामी भोकै सुतिरहेका हुन्थ्यौ र हामीलाई सिद्धान्तको आस्थाले बल दिइरहेको हुन्थ्यो । हामी एक अर्कालाई झन् माया, झन् –झन् माया गरिरहेका हुन्थ्यौं – हो आज मलाई उसको त्यस्तै माया, त्यत्तिकै माया, अझ त्यो भन्दा पनि बढी माया लागिरहेको थियो ।

उसले दुई तीन घुट्का लगातार खायो र भन्यो – “यो टूँडिखेल होइन ? ... म यी शान्त दुबोहरूमा बन्दूकका नालको तातो अनूभव गरिरहेको छु । मलाई लाग्छ, म कता–कता युद्ध क्षेत्रमा छु ... मलाई दूबोसंग डर लाग्छ ।”

म सुनिरहें ।

उ झोव्रmायो ।

सिसी सिध्याएर म पनि झोव्रmाएँ ।

“साँच्चै म यूद्ध क्षेत्रमा बस्न चाहत्रँ, म जान चाहन्छू ... तर मेरो डेरा छैन, हिजो आएको भनेर मैले तिमीलाई ढाँटेको मात्रै हुँ, म आजै आएको हुँ, मसंग केही पनि छैन ।”

ऊ उठ्न खोज्छ । म भन्छु – “मसंग छ नि सबै थोक, डेर–डण्डा ।”

तर ऊ एक पाइला चाल्न नसकेर भूक्लूक्क ढल्छ ।

म पनि ढल्छु ।

ऊ बर्बराइरहन्छ – “यो टूँडिखेल युद्ध क्षेत्र नभए निरापद हुने थियो, निरापद ... ।”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।