खँडेरीले खेत छुँदा,कुलोको चर्चा छ,
भोको पेट छामी रुँदा,चुलोको चर्चा छ ।।
दाग थियो गरीबीको,जन्मजात यहाँ,
कालो मैलो सबै धुँदा,धुलोको चर्चा छ।।
खुट्टा ताने ढुंगा हाने,चोट आलो नै छ,
आफु यहाँ सानो हुँदा,ठुलोको चर्चा छ।।
अजिव छ रचना यो,हेरुँ कसो गरी,
डोको थापी दुध दुँदा,दुलोको चर्चा छ ।।
खडेरीले खेत छुँदा,कुलोको चर्चा छ,
भोको पेट छामी रुँदा,चुलोको चर्चा छ ।।
अष्ट्रेलिया