बगेको खोला फर्किन कहाँ सक्छ
समयले कसैलाई पर्खिन कहाँ सक्छ
तिमी फगत बाँडी रहेछौ उपदेश
भिखारीले उपदेश लिन कहाँ सक्छ
अन्धोलाई व्यर्थै हत्कडी लगाइदैछ
ऊ त्यसै पनि दौडिन कहाँ सक्छ
प्रयासको नाममा त्यो अभ्यास हुनेछ
पत्थर हो पत्थर पग्लिन कहाँ सक्छ
यो तुफान भन्दा तेज दौडिएको छ
जो रोकेर पनि रोकिन कहाँ सक्छ
रेडियो कोहलपुर एफ.एम. बाँके