तिमीलाई अर्धाङ्गिनी बनाएको रात
भुलिंदैन चिता आफ्नै सजाएको रात ।
बाचा बन्धन, अग्नि नाता कुटुम्ब थे साक्षी
आफ्नै छाती ताकी गोली चलाएको रात ।
तिमी रुँदा मैले रुँने, मैले रुँदा तिमी
हुंदैनथ्यो यस्तो क्यारे नभए त्यो रात ।
नपाएर मान्छे रुन्छन् पाएर म रुन्छु
जिन्दगीमा सधैभरी मायागर्ने हात ।
सिङ्गो यौटा थिएँ आफ्नै राजा थिएँ मन्को
आधा आधा आफूलाई भजाएको रात ।
मणिग्राम, रुपन्देही