अधुरै भो तिमीसँगै हाँस्ने रहर आखिरीमा
तड्पी तड्पी बिते सबै बाँच्ने प्रहर आखिरीमा
जूनेली ती रातै भरि कठाङ्ग्रिदै कति बसे
शीत बनी टलपलाइ काटेँ कहर आखिरीमा
तन दिएँ मन दिएँ, जीवन दिएँ तिमीलाई
प्रेमको प्याला पनि भयो जहर आखिरीमा
मिठो चाह देखाइ रह्यौ आशै आसमा बाँची रहे
मझधारमै छोडि मलाई तर्यौ नहर आखिरीमा
जतिसुकै झिलिमिली साजसज्जा भएपनि
असभ्य र जाली रैछ तिम्रो सहर आखिरीमा