वियोगमा रुन्छ मन विछोडमा रुन्छ
मनको के नै भर हुन्छ यो कुन बेला रुन्छ ।
टोकिन्छ चिथोरिन्छ जब कागती झैं निचोरिन्छ
अनौंठो छ नदेखिने यो मन पनि चोरिन्छ
चोरिंदा नि रुन्छ यो मन नचोरिंदा झनै रुन्छ ।
मनको के नै भर हुन्छ यो कुन बेला रुन्छ ।
आकांक्षामा आगो लाग्दा प्राप्तिहरु पर भाग्दा
आत्तिएर जिन्दगीले जताततै गुहार माग्दा
सुँक्क सुँक्क रुन्छ कैले , कैले डाँंको छाडि रुन्छ ।
मनको के नै भर हुन्छ यो कुन बेला रुन्छ ।
घर गाँउं, बाबु, आमा, साथी संगी, प्रिय प्रिया
एकान्तका कुराकानी रंगी चंगी प्रिय प्रिया
संभिंmदां ‘नि रुन्छ यो मन विर्सिदा नि रुन्छ ।
मनको के नै भर हुन्छ यो कुन बेला रुन्छ ।
भाग दौडको खेल सकि जब सूर्य अस्ताउँछ
चन्द्रमाको छाया मनि जब धर्ती सुस्ताउँछ ।
भान्सा घरमा रुन्छ यो मन ओच्छयानमा रुन्छ ।
मनको के नै भर हुन्छ यो कुन बेला रुन्छ ।
मणिग्राम, रुपन्देही