संगसँगै दिनभरी उनको प्यारो साथ थियो
अरु के के थियो कुन्नि हात माथि हात थियो ।
घरबाट केही टाढा त्यो छोटो यात्रा भरि
हँसिलो त्यो मुहारसँगै मिठो मिठो बात थियो ।
सूर्यले पश्चिम तिर सुन्तला रङ्ग कोरल्दै गर्दा
छुट्टिनुथ्यो तर उस्तै मायाको नै खात थियो ।
छुट्टिएनी साँझपख उनीसँग दोवाटोमा
सिमसिम पानी चिसो हावा सम्झनाको रात थियो ।।