तिमी संगै हुँदा संसार जित्ने आँट थियो,
धर्ती छोडी तारा जून टिप्ने आँट थियो !!
चखेवा र चखेवी जस्तो हाम्रो जोडी हुँदा
उडी उडी त्यो छितिज़ चुम्ने आँट थियो !!
कदम कदममा साथ चल्छु भन्थ्येउ र पो
जस्तो सुकै दुखमा पनि हाँस्ने आँट थियो !!
मेरा मुटुका हरेक ती धड्किने धड्कनहरुमा
तिमी थियौ र पो मलाई बाँच्ने आँट थियो !!
किर्तिपुर काठमाडौँ , नेपाल