18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अर्जुन दाहाल “अपवाद” May 25, 2011, 6:53 pm

म बसाँइ सरिसकेँ, भेट्न बेंसी नझर है

आफ्नै सुर गर्नु अब, मेरो भर नपर है ।

सानी भन्दै भेट्न आउँथ्यौ, मनभरि रहर बोकी

समय नै पापी रै’छ, मलाई गाली नगर है ।

जे भो भयो विगतमा, बिर्सनु नै जाती हुन्छ

कैलेकाँही भेट हुँदा, मलाई आँखा नतर है ।

तिम्रै डोली चढ्ने मन थियो, समयले घात ग¥यो

उसकै मनमा डेरा जमाउ, अन्त कतै नसर है ।

हाँस्दै बाँच सानु तिमी, रोइ जीवन जाँदैन है

बिर्सिदेउ विगतलाई , मनमा रिस नभर है ।

खप्नै पर्छ दूःखहरु, मानिसले जीन्दगीभर

अमुल्य छ मानवजीवन, मेरै लागि नमर है ।

मिर्गे–५,चिलाउनेखर्क, दोलखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।