-ऊ मैले जन्माएको छोरो हो, तसर्थ उसले मैले रोजेकी केटीसँग विवाह गर्नुपर्दछ – उसकी आमाले हकदावी पेश गरिन् ।
-ऊ मेरो छोरो हो, उसले मैले भनेको विषय पढेर घरपायक जागिर खानुपर्दछ – उसका बाबुको ‘भिटो’ थियो, यो ।
-ऊ हाम्रो नातेदार हो, तसर्थ उसले हामीले भनेअनुसार व्यवहार चलाउनुपर्दछ – आफन्तहरूको यस्तै दाबी थियो ।
-ऊ मैले पढाएको विद्यार्थी हो, उसले मेरो उपदेश मान्नुपर्दछ – शिक्षकको आशय यस्तो थियो ।
-उ मैले बचाएको बिरामी हो, उसले मेरो कुरो काट्नुहुँदैन – चिकित्सकको दैवी प्रकृतिको तर्क थियो ।
-ऊ हामीसँग खेलेको÷पढेको साथी हो, उसले हाम्रो सल्लाह मान्नुपर्दछ – साथीहरूको अधिकारजस्तै अडान थियो ।
-ऊ मेरो ऋण खाएर पढेको मान्छे हो, उसले मेरो नै जग्गा खरिद गर्नुपर्दछ – साहुको सामन्ती रवाफ पनि कम थिएन ।
-ऊ हामीले सहयोग गरेको मान्छे हो, उसले हाम्रो पार्टीलाई नै भोट दिनुपर्दछ – प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर नेताहरूको ढिपी थियो, यो ।
-तेरो आप्mनै अस्तित्व छ, तैले आप्mनो बुद्धि, विवेक र इच्छाअनुसार आप्mना गतिविधिहरू स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउनुपर्दछ – यो दावी कसैको पनि थिएन ।