फूल फूल्ने आशा थियो, बोटै मयो भन्छन् सबै
आफ्नै मन भत्किएर, बसाँई सर्यो भन्छन् सबै
नयाँ संसार बनाउँ भनि, धेरै कोसिस गरे मैले
थाहा नपाई तुहिए सपना, त्यसै मर्यो भन्छन् सबै
बोल्दा बोल्दा स्वर सुक्यो, कहिले सम्म बोली रहूँ
ठीक ठाँउमा नलागेर निशाना, अन्तै पर्यो भन्छन् सबै
ठूलै कामको भ्रमको थियो, हावामा घर बनाइएछ
बिश्वास छैन आफ्नै मनको, घात गर्यो भन्छन् सबै
ठूलो भर थियो मलाई, आफू हिँडी आ’को बाटो
लक्ष्यले नै धोका दियो, बिचमै टर्यो भन्छन् सबै
भाग बण्डा भै रा'छ रे देशभित्र, सुन्छू घाइरो घुइरो
अरुले भाग पाई सके आफ्नो त अंशै हर्यो भन्छन् सबै
मिर्गे – ५ दोलखा