*म मेरो श्रीमान्सँग सम्बन्धविच्छेद गर्न चाहन्छु ।
किन ? के भो ? के उनी खराब छन् ?
असल छन् ।
पढेलेखेका छैनन् ? बेरोजगार छन् ?
त्यसो त एम.ए. पास गरेका छन्, हाकिम हुन् ।
केही खराब लत होला, होइन ?
एउटा पनि खराब आचरण छैन ।
किन छोड्नुप¥यो त उनलाई ?
उनले मलाई केही पनि दिन सक्दैनन् ।
खान/लाउन दिँदैनन् ?
त्यो त समस्या नै होइन ।
गरगहना/सरसामान दिँदैनन् ?
त्यो त थुप्रै छन् ।
कामको दुःख छ ?
नोकरचाकरहरू छन्, मैले त सिन्को पनि भाँच्नुपर्दैन ।
पैसा दिँदैनन् होला, होइन ?
चाहिए जति दिन्छन्, सबै सम्पत्ति मेरै हातमा सुम्पेका छन् ।
त्यसो भए के दिँदैनन् र सम्बन्धविच्छेद गर्नुप¥यो हँ ?
म यसको उत्तर दिन चाहन्नँ किनकि ममाथि चरित्रहिनको आरोप लाग्न सक्दछ ।