18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रामकुमार पण्डित क्षेत्री April 11, 2011, 2:44 pm

नगरकोटमा नि घुम्न जाउँला यो नयाँ बर्षमा

रसीला पोषीला केही त खाउँला यो नयाँ बर्षमा । १ ।

पोहोर त मैले भ्याइँन नि सखी फर्कन स्वदेश

भाकल राख्न त्याँ मन्दिर धाउँला यो नयाँ बर्षमा । २ ।

कोइली गाऊँछे पाखा र पर्बत शीतल हावामा

सुन्दर रुपको गीत नि गाउँला यो नयाँ बर्षमा । ३ ।

उषाको लालीमा देखिन्छ नि त्यहाँ सखारै डाडाँमा

हिमाल हेर्दै लौ पिरति लाउँला यो नयाँ बर्षमा । ४ ।

कहाँ छन् होला ति ससुरा मेरा म आउँछु मागन

तिम्रा ति कोमल हात नै पाउँला यो नयाँ बर्षमा । ५ ।

सिउँदो रङ्गिने सपना ति तिम्रा लौ पूरा हुने भो

जन्तिको साथमा म लिन आउँला यो नयाँ बर्षमा । ६ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।