18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रदीप चापागाईं April 7, 2011, 3:30 pm

माया त गर्‍यौ आधार भएन,

सपना देख्यौ साकार भएन ।।

मौसमी होईन तातो जवानी,

प्रचार बाँड्यौ व्यापार भएन ।।

खाल्डोमा हाल्ने दुनिँया नबुझी,

चित्र त कोर्‍यौ आकार भएन ।।

हाँस्नलाई यहाँ जो पनि हाँस्छ,

आउ त भन्यौ व्यवहार भएन ।।

समाजले थुक्दा अझै त्यो अहं,

चोखो नै देख्यौ लाचार भएन ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।