आँट गरी मनका कुरा, भन्न बाँकी छँदै !
बीचमै रोकिन् यात्रा उनले, टन्न बाँकी छँदै !!
दुःख सुख सँगै यात्रा, गर्न डराएर !
मोड्यौ पाइला उदाहरण, बन्न बाँकी छँदै !!
बक्र रेखा जस्तो हुन्छ, सरल होइन जीवन !
बाधा टार्ने हिम्मत गरी, कन्न बाँकी छँदै !!
डराउँदिन म त कहिल्यै, तिमी हिँड्यौ आखिर !
मनभरि जोश जाँगर, धन्न बाँकी छँदै !!