17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लौरो

कथा अञ्जान क्षितिज April 3, 2011, 4:55 am

विद्याधर बाजेलाई आज पनि रातभरी निन्द्रा लागेन । यसकारण की उनले एउटा चित्तबुझ्दो नोकर पाउन सकेनन् । ३० वर्षदेखि उनको घरमा काम गर्दै आएको नोकर श्यामेलाई ६ महिना अगाडि निकालेका थिए । क्यान्सर रोगले अत्याधिक कमजोर बनेको श्यामे ३० वर्षको हुँदा देखि उनको घरमा हली भएर बसेको थियो । त्यस पछिका दिनहरुमा उनैको घरमा काम गर्दै उसले आफ्नो परिवार पाल्दै आइरहेको थियो । हाल विद्याधर बाजेकै खेतको पल्लो छेउमा सानो झुफ्रोमा बस्दै छ । त्यसबीचमा विद्याधर बाजे सामान्य कृषकबाट गाउँका सम्पन्न महाजन भए । दुई जना छोराहरुले व्यापारमा लागेर लाखौँ रुपयाँ कमाए । सहरमा ठूलो घर र दोकान पनि छ । तर बाजे भने गाउँमा नै बस्दै छन् । उसको पाँच विगाह जग्गा छ ।

विद्याधरलाई घरका वस्तुभाउको काम गर्ने र खतीपाती उतार्ने नोकर चाहिएको थियो । श्यामे रागी बनेको थियो । त्यसैले उनले श्यामेलाई निकाले र एउटा सत्र वर्षको पहाडिया केटोलाई राखे । केटोले आठ कक्षा पढेको थियो । केही बुझ्न सक्ने क्षमता उसमा छ । विद्याधरले उसलाई खेतमात्र जोत्ने सर्थमा काममा लगाएका थिए । तर, विस्तारै उनले घरधन्दाको काम लगाउन थाले । त्यसपछि भने ऊ केही झर्किन थालेको थियो । धरी काम छोडेर जाने धम्की पनि दिन्थ्यो ।

नोकर मालिकसंग रिसाउनुका पछाडि केही कारणहरु छन् । महाजन विद्याधरका घरमा आउने जाने मान्छेहरुको घुईचो भई नै रहन्छ । उनीहरुले खाना खाएका भाँडावर्तन माझ्नु पर्ने । घाँस काट्नु पर्ने, वस्तुभाउको स्यहार गर्नु पर्ने, खेत पनि जोत्नु पर्ने । तर, तलव भने मात्र १ हजार छ । अक्र्रो नोकर पनि थिएन । तर, विद्याधर बाजेको मान्यता भने अर्के छ । श्यामेको जस्तो काम गर्न सकेन यो नोकरले । श्यामे लक्षणको नोकर थियो तर यसले मेरो प्रगतिमा साथ नदिने भो ।

विद्याधर बाजे विस्तारै कोठाबाट उठे र बत्ती बाले । बजै अघिनै निदाई सकेकी थिई । उनले ढोका खोले र नोकरको सुतेको कोठा तर्फ गए । केटो एफ. एम. सुनेर बसेको थियो । बत्ती बलिरहेको थियो । उनी रिसले चुर भए तर बोलेनन् र फनक्न फक्र्रेर आफ्नो कोठामा आए । ढोका लगाए र सुते तर निन्द्रा लागेन । श्यामे यो घरमा रहुनजेल कस्तो अवस्था थियो तर आज त्यो अवस्था छैन । उसैले सबै काम गर्ने गथ्र्यो । मैले त्यो गर, यो नगर भनेर सिकाउनु पनि पर्दैनथ्यो । उनले अक्र्रो नोकर राख्ने कल्पना पनि गर्नु परेन । उनले नयाँ नोकरलाई घरबाट निकाली दिने की भनेर पनि सोचे तर, अक्र्रो भने जस्तो नोकर पाउने कुरामा भने उनी ढुक्क थिएनन् । यस्तै आयो भने आफूले नै दुःख व्यहोर्नु पर्छ । चित्तबुझ्दो नोकर पाउन ज्यादै कठिन भइरहेको थियो ।

उज्यालो भयो । विद्याधर बाजे उठे र नोकरको कोठातिर गए । नोकर मस्तसंग सुतेको थियो । बत्ती रातभरी बली रहेको र एफ् एम. पनि बजीरहेको थियो । उनी रिसले चुर भए र भने “ए भरते छिटो उठ । रातभरी बत्ती बालेर बत्तीको पैसा बढायो । छिटो उठेर बस्तुलाई पराल हाल ।”भरते झस्केर उठो र भन्यो “ उज्यालो भयो र ?” “के मध्यरात नै छ, कामको भने चासो छैन । ” भरतेले आँखा फूलाएर बाजेलाई हेरो र जुरुक्क उठेर बाहिर गयो तर विद्याधर बाजेको रिस भने मरेको थिएन ।

दश बजेको थियो । खाना खाएर विद्याधर बाजे खाटमा बसेका थिए । भरते वस्तुलाई घाँस हाल्दै थियो तर एफ् एम. भने उसले सुनेकै थियो । ऊ काममा खासै जाँगरिलो भने देखिएन । कसरी उसलाई जाँगरिलो बनाउने ? यो प्रश्न उनको मनमा आइ नै रहेको थियो । उनले विगत ६ महिनामा जीवनमा कहिलै नसोचेको गाह्रो पनको अनुभूति गरे । उनले लौरो टेक्नु पर्ने वाध्यताको महसुस गरे । विद्याधर बाजेसँग एउटा पुरानो लौरो पनि छ । त्यो उनले श्यामेलाई त्यसबेला बनाउन लगाएका थिए जब पाँचथरबाट झापा झर्ने बेलामा गाउँ कै टुहुरो श्यामेलाई मधेस लाजे आश देखाएर बनाउन लगाएका थिए । मधेस जाँदा टेक्ने आधार पनि हुन्छ र कोही फटाहा आए भने पिट्टने साधान पनि हुन्छ ।

विद्याधर बाजेले लौरो झिके । त्यो पुरानो लौरो उनले जवानी हुँदैदेखि टेक्दै आएका थिए । लोरो टेकेर बाटो हिडेदै जाँदा केटाकेटीहरु त्यसै डराएर भाग्थे र भन्थे “लौरो बोक्ने बाजे आए ।” त्यही लौरोको भरमा उनले गरीबहरुबाट ऋर्ण पनि असुलेका थिए । गाउँमा केही मनमुटाव देखिएमा श्यामे भन्थ्यो “हाम्रा मालिकले त्यसै लोरो टेकेका छैनन् । ”

उनले राम्ररी लौरोलाई नियाले । लौरो आज अर्थहिन छ । टेक्दा टेक्दा खिइसकेको लौरो, केवल उनको हातले समाउने ठाउँ मात्र छ । तर, त्यो टेक्न लायक भने छैन । किनकी, त्यसको कुनै भर नै छैन । कुनै पनि बेला भाँचिन सक्छ । उनले अक्र्रो दुःखको अनुभव गरे । किनकी, लौरो बनाउने श्यामे आज त्यो लौरो झै छ । अक्र्रो लौरो बनाइदिने को ? उनले केटालाई हेरे । केटो एफ. एम.को पछाडि दौडिरहेको थियो । उनले भरतेबाट नयाँ लौराको आश देखेनन् । आज सम्म नथाकेको उनको शरीर एक्कासी थाकेर आयो ।

त्यसैबेला दुईजना केटाहरु आएर भने “ हजुरबा, श्यामेदाई त बितेछन् ।” विद्याधर एक्कासी झस्किए । उनले श्यामेको झुप्रो तिर हेरे । मानिसहरु जाँदै थिए । उनको अनुहारमा पसिना देखिए । एउटा ठूलो धक्का लागेको अनुभव गरे । उनी लौरो टेक्दै श्यामेको झुप्रो तिर बढे ।

लासलाई कात्रोमा राखी सकेको थियो । उसकी स्वास्नी र छोरीहरु रुदै थिए । एउटा मरुणमय वातावरण थियो । तर, विद्याधरले शान्त्वना दिन सकेन । उनले लासलाई हेरीरहे । कात्रोलाई बोकेर घाटतिर लगियो । मलामीहरुको ठूलो घुईचो थिएन । विद्याधरलाई एक्कासी अतीतका दिनहरुको सम्झना आए । एउटा बलियो श्यामे उत्साहका साथ उनको खेत जोत्दै थियो, दाउरा चिर्दै थियो । गरीव किसानहरुको घरबाट ऋर्णको ब्याजको रुपमा अन्न र वस्तुभाउ ओसार्दै थियो । विद्याधर बाजेका बस्तुहरुलाई घाँस काट्दै थियो । दिनहरु बित्तै थिए, वर्षहरु वित्तै थिए । त्यसबीचमा श्यामेले दुई वटी छोरीहरुलाई कन्यादान दियो भने एउटा जवान छोराको पुत्रवियोगलाई पनि भूल्यो । अन्त्यमा क्यान्सर लाग्यो । आज उसको लास मात्र छ । एउटा लास जसलाई जलाउनु बाहेक त्यसको कुनै उपयोगिता नै छैन् । त्यसैबेला एउटा भलाद्मी ले भन्यो “तपाईको नोकर श्यामेदाईलाई विर्सन गाह्रो पर्छ । ” उनले भने “हो एउटा अनुशासित नोकर थियो । तीस वर्षको अवधिमा मैले एक शब्द पनि कराउनु परेन । जे अरायो गर्ने गथ्र्यो । ”

“नयाँ पनि राख्नु भएछ, त्यो कस्तो छ ?”

“श्यामे जस्तो छैन । मलाई लाग्छ श्यामे जस्तो नोकर पाउन आजको जमानामा गाह्रो पर्छ । के गर्ने, आफू काम गर्न सकिदैन । छोराहरु व्यापारमा रमाउँछन् । गाउँमा भएको जग्गा बेच्न पनि माया लाग्छ । पूखैली सम्पत्तिले जोडेको जमिन हो । फेरि खेतीपातीबाट पनि राम्रै आम्दानी आउँदै छ । तर, राम्रो नोकर पाउन भने ग्रारो भयो । ”

“पहिलेको जस्तो समय छैन । नोकर त चाहिन्छ नै तर नोकरबाट पुरानै आश राख्ने हो भने पहिले जस्तो व्यवहार गरेर हुँदैन । अलि नरम बन्नु पर्छ“, काम त गरिहाल्छन नी ।”

लासलाई घाटमा पु¥याइयो । विद्याधर बाजेले लास राखेको चित्तामा त्यो पुरानो लौरो राखी दिए । तित्तामा आगो सल्काए पछि लास सँगै लौरो पनि बल्न थाल्यो । तर, विद्याधर बाजेलाई भने अहिले त्यती थकित अनुभव भएन जति अधि सम्म गर्दै थिए । उनले श्यामे र लौरोलाई पुन एक पल्ट सम्झे । चित्तासंगै पुराने भाँचिन लागेको लौरो बल्दै थियो । उनले अक्रो नयाँ लौरो पनि देखिसकेका थिए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।