18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुदिना कुईंकेल March 30, 2011, 4:10 pm

सपना कसले बाँध्न सक्छ आउछु भनि आएको होइन

संयोग पर्यो भेट हुने, तिमी भनि म धाएको होइन

धेरै बोल्छन साथीसंगी छानेर मात्रै सुन्नु पर्छ

मुर्ख बनाए तिमीलाई मैले कसम खाएको होइन

सोखै मेरो गुनगुनाउने जहिलयेई गुन्गुनौछु म

सत्य सत्य तिमीलाई भनि प्रीत गीत गएको होइन

अलिकति विश्वास गरि मन खोलेकी मात्रै हो तर

भ्रममा नपर तिमी मैले माया लाएको होइन

बुझिन छु साँच्चै मैले तिम्रा ती सौगातहरुलाई

उपहार मात्र सम्झेकी थिए नाता बनाएको होइन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।