पैले अभावमै वितेँ, केहि गर भन्यौ
क्षितिजमा पुगेर पो यता सर भन्यौ ।
हात मेरो, हतकडिमा जकडिएपछि
खाली छ अझै सिउँदो भर भन्यौ ।
क्यै माया गरेजस्तो, क्यै डरेजस्तो
म हिँडेपछि पो अँगालोमा भर भन्यौ ।
जिउँदो लास बनेँ, प्रतिक्षामा तिम्रो
मेरो अर्थी उठेपछि पो मर भन्यौ ।
म टोलाईरहेँ , तिमी आकाशीएपछि
मनको आश मरेपछि भर पर भन्यौ ।
रुँघा ७, रुकुम, हाल: त्रि वि कीतिपुर