सद्भाव अनि भाइचाराको, आयो पर्व होली !
रीस राग त्यागी, मनाऔं मन खोली !!
संस्कृति हो होली तर, बढ्दो छ विकृति !
रंगको सट्टा छ्याप्न थाले, नानाथरी घोली !!
खुसी मनले उल्लासपूर्वक, मनाउन पाए ।
मख्ख पर्छन् हान्नपाए, लोला रुपी गोली ।
निशानामा चेलिबटी हप्तौंअघि किन !
प्रतिवाद गर्नै हुन्न, छुद्र हुन्छन् बोली !!
स्कूल, कलेज, अफिस, बजार सबैतिर दिक्क !
लुकीलुकी मौका ढुकी, भिजाइदिन्छन् चोली !!
दुःख-कष्ट दिन पाए रमाउँछन् हरे ।
चित्त दुख्छ यस्तो देख्दा, छात्ती पोलीपोली
सचेत बनौँ युवा अब, बुझौं सबको मर्म !
यस्तै रहे संस्कृति सब, नासिएला भोलि !!