बन्दुक बिसाईए पनि, छुराको चिन्ता उस्तै
चेलिबेटिका हातका चुराको चिन्ता उस्तै ।
आज भोगीयो , भोलीको छ पीरलो अब
माछाका दिन त गए भुराको चिन्ता उस्तै ।
कता चल्छ खै ? हाडबिनाको जिब्रो न हो
यै जीब्रोले बिगार्ने कुराको चिन्ता उस्तै ।
समयले नेटो काटीसक्यो, मान्छे उस्तै छ
ममता गुमाएका टुहुराको चिन्ता उस्तै ।
विवेकसुन्य हुन्छ मान्छे , भोगबिलासमा
सर्वत्र भेटिने सुन्दरी र सुराको चिन्ता उस्तै ।
रुँघा ७, रुकुम, हल त्रि वि कीतिपुर