रिनी छु म जन्मेको माटोको रिन लाग्यो
पैतला टेके पछि बाटोको रिन लाग्यो
सुख दुख जिन्दगी झुपडी मै बित्यो मेरो
ओत लाग्ने खर अनि भाटोको रिन लाग्यो
देश दुख्दा मन दुख्छ दुख्छ सारा तन
दुखिरने देशको खाटोको रिन लाग्यो
ममताको गाँस दिने क ठै मेरी आमा
दश धारा दुध अनि आटोको रिन लाग्यो
सकिएन रक्षा गर्न उस्कै सन्तती भै
दिन्दिनै लुटिएको पाटोको रिन लाग्यो
मलेसिया