17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल March 12, 2011, 3:58 pm

पिरतीका कुराकानी बातै मिठा हजुरका

तन भरी कुदिरहने हातै मिठा हजुरका

सम्झना आउँदा सधै सँगैबसी चलाएको

सपनीमा आउने हररातै मिठा हजुरका

के के भन्नु हुन्थ्यो हजुर चलाउँदै कता कता

काउकुती मुटु भित्र मातै मिठा हजुरका

हजुर दुरदराजमा सुहाग त्यो बिर्सिएर

नजाने ति खै के भन्यौ घातै मिठा हजुरका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।