सपना पूरा हुँदैछ तिम्रो माला उनि बस ठुली
साइत यही मङसिर हो कुल घरान पस ठुली ।
औंला भाँची धरै बसेउ बल्ल आज दिन आयो
नाइ किन भन्नु छ र लगन गाठो कस ठुली ।
हात पाऊँ चुरी झुम्का नयन ओठ गाजल लाली
खाली सिउँदो सुम्पिएर रातो सिदुर घस ठुली ।
बिर्स अब चन्चल बैश जीवनले बाटो मोड्यो
घरानाको इजत राखी ब्याबहारमा फस ठुली ।
बिदाइ गरे डोली चढाइ बा आमाको मनै ढुक्क
'बुद्धी'पुर्याउ बेलैमा तिम्लाइ मिल्छ जस ठुली ।
कोरिया