विरहमा छु अलापले छोओस् नछोओस्
तिमीले फेर्न बिर्सेको सासमा छु
चाहे रात जति सुकै लामो किन नहोस्
म त सुनौलो बिहानीको आसमा छु
मेरो विश्वास मेरो पे्रम मेरो आस्था मेरो निष्ठा
दिव्य प्रेमको देवी तिमी सधैँ तिमी मेरो प्रतिष्ठा
सत्कर्म पाप जे होस् सत्य साबित होस् या नहोस्
होसमा बेहोसीमा सधैँ म त तिमै्र आस पासमा छु
मेरो साधना मेरो समर्पण मेरो त्याग मेरो तपस्या
कुन्नी किन कसिन्छ गाँठो बारबार बल्झीन्छ समस्या
पछ्याई रहन्छु तिमीलाई समस्याले पिरोलोस् नपिरोलोस्
तिमीलाई प्राप्तीको सँघारमा भेट्ने प्रयासमा छु