संकटमा अहिले, पर्दैछ आस्था !
दूबोझैं होइन, मर्दैछ आस्था !!
विश्वास थियो, शिखर चुम्ला !
दिनहुँ तल, झर्दैछ आस्था !!
प्राण पखेरु, खोजेझै उड्न !
छटपट छटपट, गर्दैछ आस्था !!
कहिले मर्छ, ठेगान छैन !
तैपनि भ्रम, छर्दैछ आस्था !!
जोगाउन गाह्रो, अस्तित्व उसलाई !
ठाउँ कुठाउँ, चर्दैछ आस्था !!
प्रेरित गर्थ्यो, भोकभोकै खट्न !
लुकेर भूँडी, भर्दैछ आस्था !!
साहस गर्थ्यो, सागर तर्ने !
अर्थहीन जँघार, तर्दैछ आस्था !!
सकिन्न अब, माया गरिराख्न !
झनझन् पर, सर्दैछ आस्था !!
अँगाल्यो स्वार्थ, त्यागॆर नीति !
नजरबाटै अब, टर्दैछ आस्था !!