पञ्चै बाज जन्तीहरु भोली लिई आउँछु
म घोडामा तिम्रो लागि डोली लिई आउँछु
घुम्टोभित्र तिमिलाई देख्ने ठुलो रहर छ
छिट्को सारी मखमली चोली लिई आउँछु
तिम्रो खाली सिउँदोमा रंगाउँदा सिन्दुर
हाँसोखुशी उमंगको होली लिई आउँछु
माईतिघर छोड्नु पर्दा तिमी रुन्छेउ हौली
मायागरी फकाउँने बोली लिई आउँछु
रितिथिती परम्परा बच्चाउन संस्कृति
लोगन्ती र भातखौरे टोली लिई आउँछु