माया बोकी तिमीले समाएको हात मिठो
नबोलेरै तिमीसँग गरिएको बात मिठो
तिमीले के पायौ कुन्नि मैले त धेरै पाएँ
तिमीसँग बिताएका हर प्रहर साथ मिठो
भोक प्यास छैन केहि सबै तिमीलेनै लुट्यौ
बेचैनिमा छटपटीएर बिताएको रात मिठो
सम्झन्छु छिनछिनमा झस्काउने ती पलहरु
छिचोलेर बन्धन सारा उर्लिएको मात मिठो
सताउँछौ यदाकदा तडपाउँछौ कहिलेकाहीं
तर पनि तिमीले दियका सारा आहत मिठो