18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भीमराज पाराङ February 27, 2011, 10:44 pm

रानी बनमा सँसँगै गाई चराएको गजल यो

काफल गेडी टिपेर भुँडी भराएको गजल यो

एकसुरले गट्टा गुट्टी हामी खेल्ने क्रममा

माली गाई र तारी गाई हराएको गजल यो

मुखीयाको बारीमा गाईले स्वात्तै बाली खाँदा

बाबाहरु मिलेर कराउनु कराएको गजल यो

ठुलो ठुलो स्वर गर्दै, हामी दुईलाई हकार्दा

थुर् थुर् काँपी तिमी म डराएको गजल यो

हकारेर मात्र त्यसै, कहाँ छाड्थे बाउहरुले?

कानमा समाई उठीबस् गराएको गजल यो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।