भो नसोध कति युद्ध जितें प्यारको आज मलाई ।
तिम्रो छड्के तीर लाग्यो नजरको आज मलाई ।
खैंचिएर ईन्द्रधनुष बाण हान्यौ परेलीको
मुटु छेड्ने तीर लाग्यो हजुरको आज मलाई ।
एकै तीरले ढाल्यौ मलाई लौ उठाएँ सेतो रुमाल
छाती चिर्दै तीर लाग्यो प्यारको आज मलाई ।
तीर माथि तीर हान्यौ झिमझिम गर्दै बदामीले
मनै रेट्ने तीर लाग्यो रहरको आज मलाई ।
मुटु मेरो काम्न थाल्यो एटम हो कि कालो कोठी
झंकार दिंदै तीर लाग्यो प्यार-बहारको आज मलाई ।
लण्डन