18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुरेन्द्र सिंह ठकुरी February 24, 2011, 8:32 pm

सुन के राम्रो, जून के राम्रो?

उनको सामु कुन के राम्रो?

के ब्याख्या गर्छौ सात सुरको?

उनी भन्दा त्यो धुन के राम्रो?

लोभ देखाइ नफकाउन हैं

सुन त छोडें नुन के राम्रो?

पवित्र मनको साथ सही

स्वार्थ लुकेको गुण के राम्रो?

बरु प्यारो यही रातो माटो

क्षणिक जाबो चुन के राम्रो?

आफ्नै झुप्रोमा पाकेको मिठो

अर्काको त्यो तिहुन के राम्रो?

गजलघर, जाजरकोट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।