गजल
गजल
दासीदाइ
February 24, 2011, 8:28 pm
पीर व्यथा नभेटिने ठाम कहाँ छ र
हाम्रा लागि झुल्किदिने घाम कहाँ छ र ।
यसै बित्यो जिन्दगानी जाउँ कता जाउँ
सुन जस्तै जिवनको दाम कहाँ छ र ।
माथि–माथि अग्लिएका जाली पापीहरु
इमानीको सहरमा नाम कहाँ छ र ।
छर्छौ किन फूलपाती कुल्चिएर मन
आश्थाबिना भगवानको काम कहाँ छ र ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।