18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अमृत सुबेदी गुराँस February 23, 2011, 8:08 pm

गामबेसि भिरमा दौडंदै थिएँ ।

परिवारको पिरमा दौडदैं थिएँ ॥

पैसा कमाउन बालुवा चाल्दै ।

कालिगङ्गा तिरमा दौडदैं थिएँ ॥

सवेरै उठी भर्ती हुन्छु भन्दै ।

दिल्ली कस्मिरमा दौडदैं थिएँ ॥

सिप नलाग्दा नेताको पछि ।

बाँधिई जन्जिरमा दौडदैं थिएँ ॥

मान्छे बटुल्दै भाषण ठाकियो ।

भोलिपल्ट अविरमा दौडेदैं थिएँ ॥

सुख सयल पाएसी भुलेछु मैले ।

कुनैदिन जागिरमा दौडदैं थिएँ ॥

मादिसेती एफ.एम. दमौली, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।