17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आदिम दहका कुरा

कविता सुदीप पाख्रिन February 23, 2011, 7:57 pm

हामी सम्पन्नताको कुरा गर्छौ

तिमीहरु सम्पत्तिको कुरा गर्छौं

सोच्छु : सम्पन्नतासंग सम्पत्तिको के सम्बन्ध छ ?

हामी आकाशको कुरा लेख्न खोज्छौं

तिमीहरु खाडलको कुरा भन्छौं

फेरि सोच्छु : उचाई र गहिराईबीच के नाता छ ??

हामी संतुष्टीको मनन् गर्छौं

तिमीहरु सुविधाको ब्याख्या गर्छौं

एकपटक फेरि सोच्छु : संतुष्टी र सुविधाबीच के अन्तर्सम्बन्ध छ ??

हामी मौनताको विश्लेषण गर्न खोज्छौं

तिमीहरु खस्रा भ्यागुताहरु जस्तै टर्र...टर्र.... टर्टराउँछौं

अर्काे एकपटक फेरि सोच्छु : मौनता र अनावश्यकका टर्र...टर्र.... बीच कुन साइनो छ ??

हामी सुव्यवस्थाका सुर साँध्छौं

तिमीहरु स्वःविकाशका बेसुरा राग अलाप्छौं

अर्को एकपटक फेरि सोच्छु : ब्यवस्था र विकाशमा कतिको अन्तर छ ??

हामी मरुभूमिमा पनि पूmल्छ कि भनि शोध गर्छौं

तिमीहरु उपवनमा पनि काँडाहरु उमार्छौं

अर्को एकपटक फेरि सोच्छु : पूmल र उपवनमा कति दूरी छ ??

हामी मानविय संवेदनाका कुरा लेख्छौं

तिमीहरु त्यसमा अर्थहिनताका कुरा देख्छौं

अर्को एकपटक फेरि सोच्छु : संवेदना र अर्थको के अर्थ छ ??

हामी शब्दहरुलाई पुज्छौं

तिमीहरु शब्दहरुसंग खेल्छौं

हामी चिन्तनमा धनी छौं

तिमीहरु मानसिकतामा गरीब

अब तिमीहरु नै भन

हामीहरु र तिमीहरुको सम्बन्ध के ??

अपसोच !

झुक्किएरै पनि

अंधकार र आदिम त्यो दहमा

जून कहिल्यै झुल्किएन !!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।