अनयास आँखा जुध्यो, एकोहोरो हेरिरहें ।
बोल्ने शब्द हराएर लामो श्वास फेरिरहें ।।
पहिला तिमी बोले हुन्थ्यो, मनका कुरा खोले हुन्थ्यो ।
यस्तै कुरा सोच्दा सोच्दै , आफ्नो मुटु सेरिरहें ।।
पहिला कतै भेट्या हो कि? सोचिराथें आफैंभित्र ।
हुँदाखेरी अलमल्ल ,मनले मनलाई खेरिरहें ।।
के भन्यौ के ग¥यौ, थाहा छैन मलाई ।
सवै तिम्रा वचनहरु, नोकरले झै टेरिरहें ।।
अति सुन्दर जिउडाल, बोली झनै मिठो होला ।
मनभित्रको क्याभासमा तिम्रै तस्विर कोरिरहें ।
मिर्गे–५,चिलाउनेखर्क, दोलखा