पिलाएर प्रेमरस मदहोस पार्यौ
बढाएर चाहत मदहोस पार्यौ
कुन्नि केथ्यो जादु तिम्रा नयनमा
टोलाएर हेर्यौ मदहोस पार्यौ
केहि भन्न आतुर रसिला आधार ती
कमाएर खोल्यौ मदहोस पार्यौ
बाहुपाश भरि कसेर मलाई
लोलाएर बेर्यौ मदहोस पार्यौ
उघारेर राखे मनको यो ढोका
लजाएर पस्यौ मदहोस पार्यौ
काठमाडौँ