18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

योग्यता

लघुकथा पंचम अधिकारी February 11, 2011, 8:55 pm
पंचम अधिकारी
पंचम अधिकारी

गरमागरम बहस छ, नेताहरुको बैठकमा । उनीहरुले तर्क पेश गरे । चासो ब्यक्त गरे । यदाकदा आपसमा घोचपेच सुनिदैछ । नेता बगलमा आपूm ज्यादा विशिष्ट दरिने प्रयत्न देखिन्थ्यो ।

हुलमा कृष्णप्रसादको स्वर सर्वाधीक चर्को सुनिन्छ ।

एक अर्को बोलक्कड नेताले कृष्णप्रसादसँग उनको ठूलो रुपबारे टिप्पणी ग¥यो– ‘कृष्णप्रसादजीले ज्यादै खानुभएछ की क्या हो, भँुडी घ्याम्पे भएछ ।’

‘पुल खाए पनि, पाठशाला खाए पनि, सडक खाए पनि– तपाईंहरुको पेट त सधैं स्याप्पै । आफ्नो चाहिं भातैले पनि भुँडी प्वाक्क निस्कने । गालपारा भँुडी ।’ कृष्णप्रसादले भने ।

सबै गलल्ल हाँसे ।

हाँसो मत्थर हँुदै गर्दा उताबाट सुनियो– ‘तपाईं त सानोतिनो गाँस खानुहुन्न रे, बडेमानको जहाज नै रुचाउनुहुन्छ रे ।’

फेरि हाँसोले रौनक बनायो, सभामा ।

जब बहस–बैठक सकियो कृष्णप्रसादलाई संप्रेषणका लागि प्रवक्ता तोकियो ।

‘देश र जनताका लागि जुनसुकै बलिदानी दिन हामी तयार छौं । आवश्यक परे त्यसका लागि जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’ उनले पत्रकारमाझ भने, चर्को स्वरमा ।

‘मन्त्रीको दौडमा कृष्णप्रसाद सबैभन्दा अगाडि’, भोलीपल्ट बिहान चर्चित पत्रिकाको समाचारमा पढ्न पाइयो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।