18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रामकुमार पण्डित क्षेत्री February 10, 2011, 7:16 pm

तिमी त कस्तो गन्हाउने भएछौ

जो भेट्यो उही समाउने भएछौ ।

खोई के जादु गर्छौ एकै रातमा

पाँच - छ लाख कमाउने भएछौ ।

ठूलाठूला नेता तिम्रै अघिपछी

शक्तिको धाक जमाउने भएछौ ।

पवित्र स्थलको निन्दा गर्दागर्दै

मैखानामा पो रमाउने भएछौ ।

ईमान्दारीको उपहास गर्नेले

बेमानी खोज्दै घुमाउने भएछौ ।

खराब छिमेकी खुशी पारीपारी

सिमाना आफ्नो गुमाउने भएछौ ।

सिमलटार, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।