18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दलवीरसिंह बराइली "घायल" February 8, 2011, 9:14 pm

बेच्दैछौ नेता स्वभिमान कुर्चीको कारण

छोड्दैछौ लेख्न संविधान कुर्चीको कारण

देशको लागि भएका'थे हजारौं सहिद

भुल्दैछौ सबै बलिदान कुर्चीको कारण

शहर गाउँ बिकासको लहर चल्या थ्यो

रोक्दैछौ त्यत्रो अभियान कुर्चीको कारण

चिनारी हाम्रो बिरताको सँसार भरी छ

मेट्दैछौ आज पहिचान कुर्चीको कारण

गर्दछौ मिली भ्रष्टचार जनता मारेर

किन्दैछौ घर अलिशान कुर्चीको कारण

गुप्तेश्वर-३,रामेछाप; हाल:अबुधाबी, संयुक्त अरब ईमिरेट्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।