सत्तामा हुँदा निस्वार्थी भाव तोड्नु पर्छ हजुरले
सकेसम्म निरीह जनता मोड्नु पर्छ हजुरले ।
ऑखा नदेख्ने अनगिन्ती मतदाताहरु छँदै छन्
भाषण फुक्दै विकास गर्न छोड्नु पर्छ हजुरले ।
अनुदान र ऋण बोकी थाकेको छ सगरमाथा
मौका यही हो महल र गाडी जोड्नु पर्छ हजुरले ।
गरिबको नेता बन्नु भा’छ लाखौलाख खर्च गरी
राष्ट्रको ढुकुटी दिनमै अब फोड्नु पर्छ हजुरले ।
नैतिकता र धर्म गुमेर आत्तिनु पर्दैन कसैसँग
कुकर्म छोप्न पहेलो वस्त्र ओढ्नु पर्छ हजुरले ।