के छ भनौ बाँकी म सँग जो तिमी नहुँदा हुन्छ
उही पुरानै घाउ एउटा जो तिमीले नछुदा दुख्छ
वैशमै ओइलिएको मलाई के थाहा जवानी के हो
डुब्दै गरेको घाम हूँ म के थाहा मलाई विहानी के हो
मस्त यौवनमा छौ भनि यदि भन्छौ तिमी भने
चर्केको भित्ताहरुलाई सोध गएर मेरो कहानी के हो
आँशु आँशु मात्र आँखामा जो तिमीले नपुछ्दा रुन्छ
उही पुरानै घाउ एउटा जो तिमीले नछुदा दुख्छ
विनाशले छोई ध्वस्त गई त्यो खण्डहर शहरलाई सोध
उजाँड उराँठ बाचेको निर्जन त्यो रित्तो बगरलाई सोध
पे्रम गरेर’नि पे्रमी हुन नसक्नुको मेरो जस्तै पिडा
जुनतारा आफ्नै गुमाएको हररात शून्य त्यो सगरलाई सोध
शून्यतामा विलाउँदै छु मेरो हाल तिमीले नबुझ्दा हुन्छ
उही पुरानै घाउ एउटा जो तिमीले नछुदा दुख्छ