18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुदिना कुईंकेल January 29, 2011, 8:55 pm

छाडी मलाई जाने भए मुटु यो मेरो लिएर जाऊ

सक्दिन बाँच्न म एक्लै हातमा बिष दिएर जाऊ ।।

आँखा भरी सजाएथ्ये स्वप्न हौ ठानी भविष्यको

कर्कलाको पानी पो रहेछौ ठिकै छ तर्किएर जाऊ ।।

साथमा हिड्ने बाचा गरेर दोबाटोमा अलपत्र पार्यौ

मेरो बेहाल हेर अब, एकैछिन त अडिएर जाउ ।।

अपाङ्ग पारी चाहना मेरा इच्छा रहर लुलो तुल्यायौ

खुशी मेरा लुटी सारा बिजय माला पहिरिएर जाऊ ।।

सपनाहरु शिशा झै टुटे,सम्पूर्ण भाग्य फुटेर गयो

छियाँ छियाँ भएको मन तिमी आज सिएर जाऊ ।।

मेरा लागि रहरहरु तिम्रा बन्धकी राख्छौ किन?

शुभकामना छ तिमीलाई सारा उमेर जिएर जाऊ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।